पारुहाङ साप्तेन माङखिङमा उभौली पर्व भव्यरूपमा हुने

Untitled-1-copy-33

गान्तोकः सिक्किमको राङ्का राई गाउँमा निर्माण भएको पारुहाङ साप्तेन माङखिममा यो वर्षको उभौली पर्व साकेवा भव्यरूपमा परम्परागत ढङ्गमा पालन गरिने भएको छ। माङखिम उद्घाटन भएको एक वर्ष पुगेको अवसरमा सारा सिक्किमका किराँती राई समुदायको उपस्थितिमा राई लोक संस्कृति र मुन्दुममा वर्णित परम्पराको रूपमा रहेको साकेवा पर्वलाई विधिवत रूपमा भव्य ढङ्गले मनाउने निर्णय़ गरेको पारुहाङ साप्तेन माङखिम समितिका अध्यक्ष मोहन दुङ्मालीले बताए।

उभौली पर्वमा सबै राई समुदायका उपस्थिति दिनेहरूले परम्परागत भेषभुषामा उपस्थिति दिने निवेदन गर्दै उनीहरू मध्ये सबैभन्दा सुन्दरलाई पुरस्कृत गरिने उनले बताए। उभौली साकेवामा सबै सिक्किमे किराँती राई सन्तान समेत अन्य जातगोष्ठी समुदायलाई माङखिमको पक्षबाट आगामी २७ मईको दिन राङ्का पारुहाङ साप्तेन माङहिममा उपस्थित भइदिने निम्तो गरेका छन्। यसैगरि उनले राई सँस्कृतिका विभिन्न कार्यक्रमहरू पनि आयोजन गरिएको बताए।

अर्कोतिर माङखिम समितिका महासचिव सुर्यकुमार साम्पाङले माङखिममा मिथक र मुन्दुमको आधारमा पालन गरिने उभौली पर्व पारम्परिक रूपमा पालन गरिने तथा यसमा लोक नृत्य, लोक कला, खेलकूदलाई समावेश गरिने बताए। यो पूर्ण रूपमा कुनै मुख्य अतिथि र विशिष्ठ अतिथिको उपस्थिति बिनै पारम्परिक ढङ्गमा पालन गरिने निर्णय़ गरेको बताए। यस पर्वलाई उत्सवकै रूपमा पालन गर्ने र राई समुदायको सबै कुराहरूलाई प्रदर्शन र मनोरञ्जनको रूपमा पालन गरिने बताए। अर्कोतिर समितिका प्रचार सचिव मोहन कुमार राणा सामपाङ यो दिन विभिन्न क्षेत्रका चर्चित चार साकेवा सिलि नर्तकहरूको भव्य सिलि नृत्यको व्यवस्था गरिएको तथा सबै क्षेत्रका राई समुदायलाई स्वागत गरिने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *