नियुक्ति भ्रष्टाचारः शान्तनुको नजिकको अझ् एक तृणमूल नेतालाई नोटिस

IMG-20230410-WA0169.jpg

कोलकताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेको तृणमूल युवाको निष्कासित नेता शान्तनु ब्यानर्जीको नजिकको अझ् एक नेतालाई नोटिस दिइएको छ। उसको नाम गुणधार खान्ड़ा बताइएको छ। ईडी सूत्रहरू अनुसार, उसलाई आज नै सोधपुछको निम्ति आउनलाई भनिएको छ। गुणधरले शान्तनुलाई एक करोड़ ४० लाख रूपियाँ नियुक्तिको निम्ति दिएको थियो। उसलाई सबै दस्तावेज लिएर आउनलाई भनिएको छ, जसमा उसको ब्याङ्कमा भएको लेनदेनसित सम्बन्धित दस्तावेज सामेल छ।

उल्लेख्य, राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा गत १० मार्चमा शान्तनु ब्यानर्जीलाई पक्राउ गरिएको थियो। उसलाई एक दिनअघि बुधवार एक पल्ट फेरि कोर्टमा पेश गरिएको थियो, जहाँ ईडीले उसको जमानतको विरोध गऱ्यो। यसपछि उसलाई एक पल्ट फेरि हिरासतमा पठाइएको छ। केन्द्रिय एजेन्सीले भऩेको छ, केवल एक नेताबाट शान्तनुले १.४० करोड़ रूपियाँ लिएको थियो। उसको घरबाट ३०० भन्दा धेरै उम्मेदवारहरूको सूची उद्धार भएको छ, जसालई गैरकानूनी रूपमा नियुक्त गरिएको छ। यसैले यस मामिलामा अझ् अधिक सोधपुछको आवश्यकता छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *