मुम्बईः मुम्बईमा पुलिसले एक नाइजीरियन नागरिक सहित चार व्यक्तिलाई ३२ लाख रुपियाँको ड्रग्स सहित गिरफ्तार गरेको छ। अदालतले यी आरोपीहरूलाई आगामी ६ मईसम्म पुलिस हिरासतमा राख्ने आदेश दिएको छ।
उक्त मामिलाको अनुसन्धान गरिरहेका एक पुलिस अधिकारीले बिहीवार बताए, गत २२ अप्रेलको दिन पुलिस टीमले गोरे गाउँबाट ड्रग पेडलर शशिकान्त जगताप (३१)-लाई ५ लाख रुपियाँको ड्रग्स सहित पक्राउ गरेको थियो। आरोपी शशिकान्तको आधारमा एक नाइजीरियन नागरिक सहित चार आरोपीलाई मुण्बईका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको छ। पुलिस अनुसार पक्राउ गरिएका ओरापीहरूको पहिचान सूरज हबीब शेख, जहीर वहाबुद्दीन कुरैशी, रियाज नासिर अली सय्यद र नाइजीरियन नागरिक सण्डे जोन अम्बाजेजको रूपमा गरिएको छ। यी सबै आरोपीहरूसित गहन जाँचबुझ भइरहेको छ। मुख्य ड्रग तस्करको बारेमा जानकारी हासिल गरिँदैछ।