दुमदुमामा सड़क दुर्घटना, शिक्षकको मृत्यु

accident11-1.jpg

तिनसुकियाः तिनसुकिया जिल्लाको दुमदुमामा भएको एक सड़क दुर्घटनामा शिक्षकको मृत्यु भयो। पुलिस सूत्रहरू अनुसार, दुमदुमाको ८ नम्बर क्षेत्रमा हिजो मध्य रातमा भएको दुर्घटनामा बादलाबेटा चिया कमान प्राथमिक विद्यालयका प्रधान शिक्षक पंकज भट्टाचार्यको मृत्यु भयो।

शिक्षक एक बिहे समारोहमा भाग लिएपछि स्कूटीमा आफ्नो घर फर्किरहेका थिए। यही अवधिमा दुमदुमाको ८ नम्बर क्षेत्रमा नाली निर्माणको निम्ति राखिएको बलुवाको थुप्रोसित ठोकिएपछि उनी गम्भीर रूपमा घाइते भए। शिक्षक पंकज भट्टाचार्य विभिन्न सामाजिक गतिविधिहरूका साथै असम चिया कर्मचारी संघका सक्रिय कार्यहरूमा सामेल थिए। भट्टाचार्यको मृत्युले पूरा क्षेत्रमा शोकको लहर दौड़ेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement