आमसा हिलिङ शिविरको १२औं दिन जीटी ढुंगेल मुख्य अतिथि

5-copy.jpg

गान्तोकः हेभेन्ली निर्वाना पाथद्वारा गत २३ अप्रेलदेखि जोरथाङको खेल मैदानमा आयोजित १५ दिवसीय आमसा मेगा हिलीङ शिविरको आज १२ औं दिन तादोङ क्षेत्रका विधायक जीटी ढुंगेल मुख्य अतिथिको रुपमा उपस्थित थिए। उनले आज शिविरमा उपस्थित जनाएर शिविरमा सम्पन्न भइरहेको उपचार प्रक्रियाको अवलोकन गरे। यसरी आत्म, मन अनि शरीको रोगले ग्रसित राज्यवासीलाई निःशुल्क उपचार गर्नहेतु यो शिविर आयोजन गरेकोमा उनले हेभेन्ली निर्वाना पाथ अनि गुरुहजुरप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए। उनले कतिपय उपचाराधीन रोगीहरूसँग पनि भेट गरेर अन्तरक्रिया गरे।

अन्तरक्रिया अवधि कतिपय रोगीहरूलाई यो उपचार पद्दतिले तत्काल असर गरेको पनि उनलाई जानकारी गराए। सिक्किम राज्यका अन्य रोगीहरूलाई पनि उनले उपस्थित बनेर हिलिङ शिविरको लाभ उठाउने आग्रह गरे। ज्ञात रहोस्, यो मेगा हिलिङ शिविर राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख संरक्षणमा अनि गुरु हजूर गड एञ्जलको दिशानिर्देशनमा सम्पन्न भएको हो। यो अघि पनि हेभेन्ली निर्वाना पाथले राज्यको विभिन्न ठाउँमा यस प्रकारको शिविर आयोजना गरिसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *