एनसीसीले सदैव हाम्रा युवाहरूमा आत्मविश्वास बढाउने कार्य गरेको छः राज्यपाल

Untitled-1-copy-32

गान्तोकः नरबहादुर भण्डारी कलेज, तादोङको सभागृहमा आज १ सिक्किम (गर्ल्स) बटालियन एवं ३ सिक्किम बटालियन, एनसीसीद्वारा कार्यक्रम आयोजन गरियो। कार्यक्रममा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथि अतिथि थिए। कार्यक्रमलाई सम्बोधित गर्दै राज्यपाल आचार्यले भारतको युवा शक्तिका साथ उपस्थित हुन पाउनु खुशीको विषय रहेको बताए। उनले भने, भारत युवाहरूको देश हो। हामीलाई थाहा छ कि देशको शक्ति युवाहरूमा छ। देशको सुरक्षा र विकासको निम्ति हाम्रो युवा महत्वपूर्ण छ। युवाहरूद्वारा नै अरूहरूको नैतिकता, सामाजिक जिम्मेवारी, राष्ट्र भक्ति र अन्य मूल्यहरूको शिक्षा प्राप्त हुनछ।

उनले एनसीसीमा भाग लिने नानीहरूलाई राष्ट्रिय स्तरको परेडमा सहभागी गराउने र राज्यको निम्ति पदक ल्याउन प्रोत्साहित गरेकोमा उपस्थित अधिकारीहरूको प्रयासको सराहना गरे। राज्यपालले युवा शक्तिलाई आफ्नो सपना पछ्याउन र लक्ष्यहरूलाई सदैव आफ्नो अगाडि राख्न बल दिए। राज्यपालले भने, एनसीसीले सदैव हाम्रा युवाहरूमा आत्मविश्वास बढाउने कार्य गरेको छ। यसद्वारा युवाहरूमा संस्कार, अनुशासन र सेवाको भावना उत्पन्न हुन्छ। यसले उनीहरूलाई समाजको निम्ति जिम्मेवारीको एउटा भाव विकास गर्दछ। कार्यक्रममा ब्रिगेडियर जयदीप यादव, कर्नल शशांक केलकर, लेफ्टिनेन्ट कर्नल हेमन्त बेलवाल, एनबीबीसीका प्राचार्य डा. डी. पुरोहित, गान्तोकका एसडीएम सोनाम भोटिया, भारतीय सेना, राज्य एनसीसी क्याडेट तथा अन्यहरू उपस्थित थिए।

About Author

Advertisement