मन्त्री सञ्जीत खरेलले गरे लाभार्थीहरूलाई राहत राशि प्रदान

IMG-20230504-WA0297.jpg

गान्तोकः सिक्किम राज्यको महिला एवं बाल विकास विभागको पहलमा आज लुम्सेस्थित समाज कल्याण भवनमा वृद्द भत्ता, अनुदान, उपकरणहरू वितरण गरियो। यस अवसरमा राज्यका सामाजिक कल्याण एवं महिला सशक्तिकरण विभाग मन्त्री सञ्जीत खरेल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।यस कार्यक्रममा मन्त्री खरेलको बाहुलीबाट भिन्नै रूपले सक्षम व्यक्तिसॅंग विवाह गर्ने पचास जनालाई अनुदान प्रदान गरियो। यसैगरी, तीस जनालाई वृद्द भत्ता प्रदान गरियो। रहल वृद्ध भत्ता लाभार्थीहरूलाई सोझै उनीहरूको व्याङक एकाउण्टमा जम्मा गरिने बताइएको छ। यसका साथै नाम्चीको जेएनएम विद्यालय, स्यारी र सिच्छेका विशेष विद्यालयलाई मन्त्री खरेलको बाहुलीबाट तीनवटा वाहन प्रदान गरियो। उक्त वाहन विशेष गरेर शारीरिकरूपमा असक्षम नानीहरू अध्ययन गर्ने विद्यालयलाई आपातकालिन सेवा प्रदान गर्ने उद्देश्यले विभागले उपलब्ध गराएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले पूर्व सरकारको कार्यकालमा यस प्रकारको कार्यक्रम कहिले पनि नभएको बताए। वर्तमान राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको सकारात्मक सोचको कारण हाल वृद्ध साथै शारीरिकरूपमा असक्षम व्यक्तिहरूले पनि विभिन्न प्रकारको लाभ उठाउन सफल बनेको बताए।एसकेएम पार्टी सरकारमा आएपछि यस विभागले सक्रियरूपमा काम गर्दै आइरहेको मन्त्री खरेलले दावी गरे। उनले थप जानकारी गराए अनुसार, विभागको कामलाई ग्रामीण क्षेत्रका मानिसहरू समक्ष पुऱ्याउने उद्देश्यले राज्य सरकारले ७० जना सामाजिक कल्याण विभागमा प्रभारीकोरूपमा नियुक्त गरिसकेको र उनीहरूले हाल गाउॅंमा पुगेर इमान्दारपूर्वक सरकारको दिशा निर्देशलाई कार्यान्वयन गरिरहेको बताए।

आजको यस कार्यक्रममा विभागकी सचिव गंगा देवी प्रधान लगायत अतिरिक्त सचिवले पनि सम्बोधन गरेका थिए। यसरी नै कार्यक्रममा शारीरिक रूपमा असक्षम व्यक्तिहरूलाई व्हिल च्यार र लौरो प्रदान गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *