अरिजीत सिंहलाई अस्पताल बनाउनमा मद्दतको निम्ति ममताले दिइन् शासनलाई निर्देश

a83f88bc-a551-46f3-be38-fad21b24fe0f

कोलकताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले मालदामा प्रशासनिक बैठकमा अधिकारीहरूलाई विख्यात गायक अरिजीत सिंहलाई मुर्शिदाबाद जिल्लामा अस्पताल बनाउनमा हरेक किसिमको मद्दत गरिने निर्देश दिएकी छन्। अरिजीतले जङ्गीपुरमा आफ्नो खर्चामा अस्पताल बनाउने घोषणा गरेका छन्। बिहीवार ममताले मालदा र मुर्शिदाबाद जिल्लाको प्रशासनिक बैठक एकसाथ गरिन्।

यस अवधिमा उनले भऩिन्, मुर्शिदाबादकै निवासी अरिजीत सिंहले अस्पताल बनाउन चाहन्छन् भने प्रशासनले यसमा हरेक किसिमको मद्दत गरोस्। अरिजीत आफैपनि जियागञ्जका निवासी हुन्। जङ्गीपुरमा अस्पताल बनाउन चाहन्छन् भने राज्य प्रशासनको तर्फबाट कुनै लापरवाही हुनुहुँदैन। उनले तृणमूल नेता खलीलुर रहमानलाई पनि निर्देश दिँदै भनिन्, यसमा तपाई विशेषगरी मद्दतगार बन्नपर्नेछ। यद्यपि, राज्य सरकारले जङ्गीपुरमा पहिलेदेखि नै एक सुपर स्पेशलिटी अस्पताल बनाएको छ। अरिजीत सिंहले अझ् अस्पताल बनाए निश्चित रूपमा सुविधाहरू बढ्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement