मणिपुरमा हिंसा रोक्नको लागि बक्सर म्यारी कमले मागिन् केन्द्रसित मद्दत

45c06250-6dc1-47dc-851f-694e59975f77

नयाँ दिल्लीः मणिपुरमा मैतेई समुदायलाई एसटी श्रेणीमा सामेल गर्नुपर्ने मागको विरोधमा भएको विरोध प्रदर्शन अवधि शुरू भएको हिंसालाई लिएर महिला मुक्काबाज एवं पूर्व राज्यसभा सांसद म्यारी कम अत्यन्त चिन्तित छन्। आफ्नो गृह राज्य मणिपुर भइरहेको हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्नको लागि भारतीय महिला मुक्काबाज म्यारी कमले प्रधानमन्त्रीसित मद्दत मागेकी छन्।

म्यारी कमले ट्वीट गरी भनिन्, अहिले स्थिति एकदमै खराब छ। यसैले उनले राम्रो महसुस गरिरहेकी छैनन्। उनले यसको लागि राज्य र केन्द्र सरकारसित कदम उठाउने तथा राज्यमा शान्ति र सुरक्षा कायम राक्ने अपील गरिन्। उनले यो पनि भनिन्, यो दुर्भाग्यपूर्ण छ कि यस हिंसामा केही मानिसहरूले आफ्नो परिवारका सदस्यहरूलाई गुमाएका छन्।मैतेई समुदायलाई एसटी श्रेणीमा सामेल गर्नुपर्ने मागको विरोधमा अल ट्राइबल स्टूडेन्ट्स युनियन मणिपुरले गए ३ मईमा ऱ्याली आयोजना गरेको थियो। यस ऱ्याली अवधि हिंसा शुरू भएपछि प्रदर्शनकारीहरूले घरहरू तोड़फोड़ गरेका थिए। तोरबंग क्षेत्रमा शुरू भएको हिंसा राज्यका अन्य जिल्लाहरूमा पनि फैलिएको छ जसले गर्द यहाँका धेरैवटा जिल्ला अहिले हिंसाद्वारा ग्रस्त भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement