राज्यपालले श्यादर पिदरको बधाई एवं शुभकामना

CollageMaker_20233623142767.jpg

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले श्यादर पिदरको शुभ अवसरमा सिक्किमवासीहरू, विशेषगरि मुखिया समुदायमा शुभकामना व्यक्त गरेका छन्। राज्यपाल आचार्यले आफ्नो सन्देशमा मुखिया समुदायको पावन पर्व श्यादर पिदरको शुभकामना व्यक्त गर्दै भनेका छन्, श्यादर पिदर जसलाई उभौंली पूजा पनि भनिन्छ, यो चाडले प्रकृति आमाप्रति हाम्रो प्रतिबद्धता र जिम्मेवारीलाई पुष्टि गर्दछ।

उनले भनेका छन्, म सिक्किमका मानिसहरूसॅंग स्थानीय संस्कृतिलाई संरक्षित गर्न र संवर्द्धन गर्न आग्र्रह गर्दछु। यो अवसरले हाम्रो समग्र संस्कृतिलाई समृद्ध बनाउन् अनि सबै सिक्किमवासीहरूबीच शान्ति एवं सद्भाव स्थापित गरुन्।

About Author

Advertisement