कालचिनीः चाँडो राष्ट्रिय शिक्षा नीति लागु गरिनुपर्ने, शिक्षकहरूको डीए प्रदान, शुन्य पद रहेको स्कूलहरूमा शिक्षक नियुक्ति साथै विविध दाबीहरू लिएर बिहीबार बंगीय शिक्षक अनि शिक्षाकर्मी संघ (बीएसएसएस) अलिपुरद्वार जिल्ला समितिको पक्षबाट अलिपुरद्वार महकुमा शासक समक्ष ज्ञापन सुम्पिएको जानकारी सो संगठनका जिल्ला सचिव हराधन घोषले दिएका छन्।
उक्त ज्ञापन सुम्पिन अघि बीएसएसएसले अलिपुरद्वारमा एउटा ऱ्याली निकालेको थियो भने सो ऱ्याली अन्तमा अलिपुरद्वार महकुमा शासक कार्यालय अघि आएर समापन गरीएको थियो।