कालचिनीः बंगालमा आजसम्म सयदिने कामको रोज केन्द्र सरकारले नदिएकोले तृणमूल महासचिव तथा सांसद अभिषेक ब्यानर्जीको निर्देशमा बिहीबारदेखि जनसाधारणबाट सयदिने कामको पैसा दिनु पर्ने आवेदन चिट्ठी सङ्ग्रह गर्ने अभियान शुरु भएको छ। यस क्रममा कालचिनी खण्डको जयगाउँ एक नम्बर अञ्चल अन्तर्गत बिहीबारे भूलन मोड़ क्षेत्रबाट जेडीए चेयरम्यान गङ्गा प्रसाद शर्माको नेतृत्वमा जनसाधारणकहाँ पुगेर सयदिने कामको रोज दिने अपील समेटेको चिट्ठी सङ्ग्रहित गर्ने कार्य शुरु भएको छ।
यस क्रममा बिहीबार भूलन मोड़ तोर्सा चियाबारीको गाउँ एवम् खोक्ला बस्ती क्षेत्रमा घुम्दै चिट्ठी सङ्ग्रह गरीएको जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्माले जनाएका छन्। प्रायः दुई बर्षदेखि सयदिने कामको पैसा केन्द्र सरकारले रोकेर राखेको भन्दै गरीब जनसाधारणको निम्ति यहाँका भाजपा निर्वाचित सांसद तथा मन्त्री एवम् विधायकहरूले यस विषयमा केही काम नगरेको तृणमूल नेताहरूले आरोप लगाएका छन्। आजदेखि सङ्ग्रहित चिट्ठी आवेदन पत्र सबै अञ्चलदेखि ब्लक, जिल्ला अनि राज्यदेखि दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी एवम् पञ्तायत मन्त्री समक्ष पठाईने कार्यक्रम रहेको जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्माले जनाएका छन्।