खरसाङ: खरसाङ महकुमा अन्तर्गत मकैबारी चिया बगानमा जन्मी, हुर्की, बढ़ेका मेघ दोर्जी मोक्तानले डब्लूबीसीएम(जर्ज) पास गरे। आज उनी कलकत्ताको अलिपुर न्यायलयमा सिभिल जर्ज (सिनियर डिभिजन) को पदमा आसिन छन् भने उनकी धर्मपत्नी सरोजनी घिसिङ डब्लुबीसीएस (जर्ज) पनि त्यसै न्यायलयमा एडिसनल डिस्ट्रिक जर्जको अहोदामा छन्। हुने बिरुवाको चिल्लो पात भने झैँ यी दुइबाट जन्मेकी छोरी संघमित्र मोक्तानले गत वर्ष कलकत्ता मेडिकल कलेजबाट एमबीबीएस परीक्षा उतीर्ण गरेर डाक्टर बन्न पुगेकी छन्। उनले भरखरै मात्र एक वर्षको इन्टर्नसीप सेवा आफू पढ़ेकी कलेजलाई दिएपछि गत २६ अप्रेल २००३ को दिन वाइट कोर्ट प्रदान गरिने समारोहको आयोजना भयो। त्यस पश्चात् २ मई २०२३ को दिन एमबीएससी उतीर्ण मेडिकल ग्राजुएट विद्यार्थीहरूलाई १८३औं दिक्षान्त समारोहमा डाक्टरको प्रमाण पत्र प्रदान गरियो। अब उनीहरूको हाउस स्टाफ भएर एक वर्षसम्म कार्य गर्नु पर्नेछ। संघमित्रकी बाजे एलडी मोक्तान अनुसार उनकी नातिनी संघमित्र मोक्तानको प्रारम्भिक शिक्षा खरसाङको साउथ पोइन्ट स्कूल अनि सेन्ट हेलेन्स स्कूलहरूमा भएको थियो भने उनले दशौँ श्रेणीको आईसीएसई परीक्षा प्रतिष्ठित डाउहिल स्कूलबाट उतीर्ण गरेकी हुन्। त्यसपछि बाह्रौँ श्रेणी विज्ञान विषय लिएर पास गरिन्। उनले यी दुवै परीक्षाहरूमा ९१ प्रतिशतभन्दा धेर अङ्क प्राप्त गरेकी छन्। त्यसपछि संघमित्रले कलकत्ताको प्रतिष्ठित लेडी ब्रेवोर्न कलेजमा जीव विज्ञानमा सम्मान लिएर बीएससी पढ़्न थालिन्। बीएसीको पढ़ाई गर्दागर्दै २०१८ सालमा डाक्टरी पढ्न सर्वभारतीय नीट परीक्षामा बसिन्। एमबीबीएस पढ़्न कलकत्ताको प्रतिष्ठित कलकत्ता मेडिकल कलेज अनि अस्पतालमा भर्ना भइन्। उनले नीट परीक्षा पश्चिम बंगालको ट्राइबल कोटामा शीर्ष दशभित्र स्थान प्राप्त गरेकी थिइन्। आज एमबीबीएस डिग्री प्राप्त गरी डाक्टर बन्न सफल बनेकी संघमित्र मोक्तानलाई गाउँ-घर, आत्मीयजन अनि शुभचिन्तकहरूबाट शुभकामना अनि बधाई सन्देशहरू प्राप्त भइरहेछ। उनको पोस्ट ग्राजुएट गर्ने इच्छा रहेको र नीट (पीजी) परीक्षाको निम्ति तयारीमा लागि पर्ने भएकी थप जानकारी पनि दिएका छन्।