हावा पानीले क्षति गरेको गाड़ीधुरा क्षेत्रमा विभागीय सभासदद्वारा निरीक्षण

IMG-20230504-WA0259.jpg

खरसाङ: राती चलेको हावा र पानीको कारण खरसाङ खण्डको विभिन्न ठाँउहरुमा नोक्सन गरेको छ। यसरी नै खरसाङ खण्ड अन्तर्गत गाडीधुरा क्षेत्रमा पनि धेरै नोक्सान भएको जानकारी प्राप्त भएको छ। यस क्षेत्रमा कुनै अप्रिय घटना नघटे पनि धेरैजनाको घर भने नोक्सान भएको छ। यसै गरी गाडीधुरा बजार साथै मेरियनबारी क्षेत्रमा बिजुलीको पोस्टहरु क्षतिग्रस्त भएको छ। यस क्षेत्रमा भएको नोक्सानीको निरीक्षण गर्न आज जीटीए उर्जा विभागका एमओडी मनोनित सभासद प्रणाम रसाइली, भागोप्रमो खरसाङ महकुमा समितिका प्रवक्ता अनुप रामुदामु,गाडीधुरा खण्ड समिति सभापति सुवास छेत्री, ट्रेड युनियन मेरियनबारी युनिट सभापति बुद्ध घिसिङ पुगेका थिए। विभिन्न ठाँउहरुमा क्षतिग्रस्त भएका बिजुलीका पोलहरुका निरीक्षण गरेपछि एमओडी प्रणाम रसाइलीले विभागीय अधिकारीहरूलाई चाढै मरमत्ति गरिदिने निर्देशन दिएका छन्। यसको साथै ज-जसको घरहरु क्षति भएका छन् उनीहरुलाई सहयोग पुराउने आश्वासन पनि दिएका छन्।

निरीक्षण टोलीमा गएका सदस्यहरुले मेरियनबारी, गाडीधुरा बजार, अमृत बस्ती आदि क्षेत्रको भ्रमण गरेका थिए। उक्त निरीक्षण भ्रमण विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो गाड़ीधुरा खण्ड समितिको सभापति सुवास छेत्रीले गाड़ीधुरा क्षेत्रमा राती हावा पानीले क्षति गरेको थियो अनि विशेष गरेर बिजुली बत्तीको तारहरू झारेको थियो। हावा पानीले प्रभावित पारेको क्षेत्रहरूमा जीटीएको उर्जा विभागका एमओडी मनोनित सभासद प्रमाण रसाईली र भागोप्रमो टोलीले निरीक्षण गरेको जानकारी गराएका छन्। उनले ऊर्जा विभागको एमओडी सभासद प्रणाम रसाइलीले हावा पानीले झारेको बिजुली बत्तीको तारहरू विभागीय अधिकारीहरूलाई भनेर उठाईदिने निर्देशन दिएको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement