आशारिका फाउण्डेशनद्वारा शान्तिरानी हाई स्कूललाई डेस्क बेञ्चहरू प्रदान

IMG-20230504-WA0254.jpg

सोनादा: आशारिका फाउण्डेशन सोनादा रंगबुलको एक वर्ष पूरा भएको उपलक्ष्यमा आशारिका फाउण्डेशनद्वारा शान्तिरानी हाई स्कूललाई ६ वटा डेक्स र बेञ्चहरु प्रदान गरिएको छ। उक्त छवटा डेस्क र बेञ्चहरू शान्तितरानी उच्चत्तर माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको छ। यस अवसरमा आशारिका फाउण्डेशनका सन्तोष लामाले पत्रकारहरूसित कुराकानी गर्दै आज आशारिका फाउण्डेशनद्वारा पचेङको शान्तिरानी हाई स्कूललाई छवटा डेस्क बेञ्चहरू प्रदान गरिएको जानकारी दिएका छन्। उनले भने, ‘हामी विशेष गरी क्यान्सर रोगीहरूलाई सहयोग गर्ने गर्दछौं। तर आज हामीले पचेङको शान्तिरानी हाई स्कूललाई छवटा डेस्क बेञ्चहरू प्रदान गरेका छौं।’
यस अवसरमा शान्तिरानी हाई स्कूलका प्रधान अध्यापकले सबै शिक्षक शिक्षिकाहरू र अशिक्षकर्मीहरू साथै विद्यार्थीहरूका पक्षमा आशारिका फाउण्डेशनलाई सहयोगप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement