खरसाङमा शितला माताको भव्य पूजा सम्पन्न

00-1-Shitala-Mata-1

खरसाङ: बुधबार ३ मईदेखि खरसाङ बजारदेखि केहि मुनि स्प्रिङ साइड चिया बगानमा शितला माताको पूजा भव्य रुपमा सम्पन्न भइरहेको छl सय वर्ष भन्दा अघिदेखि यहाँ ठूलो ढुङ्गामा   मानिसहरू पूजा आस्था राखेर पूजा गर्दै आइरहेका हुन्l पहिला यहाँ कुनै ठूलो मन्दिर थिएन, कालान्तरमा आएर यहाँ सानो मन्दिर स्थापित भएपछि भक्तहरूको आगमन बढ्न थाल्योl हिजोआज यहाँ शितला माताको भव्य मन्दिर निर्माण भएको छl यसका यस मन्दिरमा बुढी बोज्युको पनि पूजा गरिन्छl शितला माताको मन्दिरकै पल्लोपट्टि बुढी बोज्युको पनि भव्य मन्दिर निर्माण भएको छl शितला माताको सार्वजनिक रुपमा ठूलो पूजा गर्न थालेको यसपाली  २९ वर्ष पुगेको शितला देवी मन्दिर संचालन समितिका अध्यक्ष भक्तिमान बताउँछन्l यहाँको पूजा शुक्रबार ५ मई वैशाखी पूर्णिमासम्म हुनेछl ३ मईदेखि खरसाङको फाटक डाँडा निवासी प० लक्ष्मीप्रसाद ढकालले पूजा गरिरहेका छन् भने साँझ ६ बजेदेखि उनैले प्रवचन प्रस्तुत गर्छन्l   

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement