खरसाङमा भईरहेको लेदर बल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको उपाधि नर्थ जोन बोइस दार्जिलिङको झोलीमा

IMG-20230504-WA0245.jpg

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र जिल्ला क्रिकेट एसोसिएशनको आयोजनामा खरसाङमा भईरहेको लेदर बल क्रिकेट टुर्नामेन्टको उपाधि नर्थ जोन बोइस दार्जिलिङले जितेको छ। गत १ मईदेखि खरसाङमा भईरहेको लेदर बल क्रिकेट टुर्नामेन्ट अन्तर्गत अाज फाइनल खेल नर्थ पोइन्ट दार्जिलिङ र ब्लु डाईमण्ड दार्जिलिङमाझ सम्पन्न भएको थियो। ब्लु डाईमण्ड दार्जिलिङले टस हारेर पहिला व्याटिङ गर्दै ११ ओभर ४ बलमा सबै १० विकेट गुमाएर ८२ रन बनाएको थियो। ब्लु डाईमण्ड दार्जिलिङको पक्षमा ओपनर ब्याटर अदन आलमले सर्वाधिक २५ रन बनाएका थिए। नर्थ जोन बोइस दार्जिलिङको पक्षमा साईश्वर सुब्बाले ४ अनि राम थामीले ३ विकेट लिएका थिए। ८३ रनको लक्ष्यलाई खेदो गर्दै नर्थ जोन बोइस दार्जिलिङले केवल १० ओभर ३ बलमा नै ४ विकेट गुमाएर ८८ रन बनाई सजिलै ६ विकेटले खेल जितेर उपाधि जितेको छ। नर्थ जोन बोइस दार्जिलिङको पक्षबाट ओपनर ब्याटर सुबम गिरीले ३६ रन बनाएका थिए भने उनी फाइनल खेलमा म्यान अफ् द म्याच चयन भएका छन्। त्यसरी नै म्यान अफ् द सिरिज सिलगढीका १४ वर्षीय खेलाड़ी रबीन चयन भएका छन् भने सर्वाधिक विकेट लिने खेलाड़ी नर्थ जोन बोइस दार्जिलिङका बलर साईश्वर सुब्बा चयन भएका छन्। उक्त फाइनल खेलमा विजेता दल नर्थ जोन बोइस दार्जिलिङलाई आकर्षक ट्रफिसहित नगदराशि पन्ध्र हजार अनि उप विजेता दल ब्लु डाईमण्ड दार्जिलिङलाई ट्रफिसहित नगदराशि दश हजार प्रदान गरिएको थियो। आजको फाइनल खेलमा निर्णायकको रूपमा अभिषेक गोएल र विकास तामाङ रहेका थिए। आज सम्पन्न फाइनल खेलमा दुवै टिम मैदानमा ढिलो गरी आएका थिए। त्यस कारणले टी ट्वेन्टी क्रिकेट म्याचलाई १५-१५ ओभरको गरिएको थियो भने ब्लु डाईमण्ड दार्जिलिङ झनै ढिलो गरी आएको कारणले उनीहरूलाई पेनल्टी स्वरूप केवल १३ ओभर मात्रै दिइएको थियो। तर उनीहरू पूरै ओभर नखेली अल आउट भएका थिए। फाइनल खेलमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सभापति मोहन योञ्जन, उप सभापति फुर्बा घिसिङ, संयोजक मोहन राई र अन्यको बाहुलीबाट पोरितोषिक वितरण गरिएको थियो। पुरस्कार वितरण कार्यक्रममा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सभापति मोहन योञ्जनले सबैलाई धन्यवाद दिएका थिए भने विजेता दल र उप विजेता दलका कप्तानहरूले पनि सम्बोधन गरेका थिए।

यस लेदर क्रिकेट टुर्नामेन्ट र फाइनल खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र जिल्ला क्रिकेट एसोसिएशनको संयुक्त आयोजनामा गत १ मईदेखि छवटा टिमहरूलाई लिएर लेदर बलको टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको जानकारी गराएका छन्। उनले लेदर बल क्रिकेट टुर्नामेन्ट आयोजना गर्नुको मुख्य उद्देश्य युवा क्रिकेटरहरूलाई ठूला ठूला मञ्चहरूमा पनि मौका पाउनु सक्ने सम्भावना रहने र त्यो सम्भावना टेनिस बलमा नहुने र लेदर बल क्रिकेटको भविष्य राम्रो हुने बताएका छन्। उनले यही लेदर बल क्रिकेट टुर्नामेन्ट खेलेपछि नै युवाहरूले जिल्ला स्तरीय, राज्य स्तरीय हुँदै आईपीएलसम्म पनि खेल्न सके धेरै राम्रो हुने बताएका छन्। उनले यस लेदर बल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टमा सहभागी र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement