कोलकता: अन्तर्राष्ट्रिय फायर फाइटर दिवस को अवसरमा बिहीबार बिहान दुर्गापुरको एक निजी विद्यालयले दुर्गापुर सिटी सेन्टरको फायर डिपार्टमेन्ट अगाडि विशेष सचेतना कार्यक्रम आयोजना गरेको थियो । दुर्गापुर फायर डिपार्टमेन्टका प्रत्येक अधिकारी र कर्मचारीलाई सो विद्यालयका विद्यार्थीहरूले सम्मान गरे। साथै विद्यालयका प्रधानाध्यापक सुब्रत भट्टाचार्यले प्रत्येक वर्ष यो दिवसलाई विद्यालयले अग्नि नियन्त्रकलाई सम्मान गरी विशेष रुपमा मनाउने गरेको बताए। फायर फाइटरहरूले साहसपूर्वक आफ्नो ज्यान जोखिममा राखेर सर्वसाधारणलाई सुरक्षित राख्ने तरिका प्रशंसनीय छ। यसका साथै यस्ता सचेतनामूलक कार्यक्रममार्फत नयाँ पुस्ताका विद्यार्थीलाई आगलागी रोकथामका बारेमा सचेत गराउने प्रयास गरिन्छ।











