सिलगढी: सिलगढीको एनजेपी स्टेशनमा छोडिएको एउटा झोला बाट गाँजा बरामद गरिएको छ। घटनाले क्षेत्रमा सनसनी फैलाएको छ। सिलगढीको एनजेपी रेलवे स्टेशनमा बुधबार राति रेलवे पुलिसले एउटा झोला पाएको बताइएको छ। खोजी गर्दा झोलाबाट दुई प्याकेट गाँजा बरामद भएको थियो। यसको वजन ७ किलो ९३० ग्राम छ। घटनामा कोही पक्राउ परेका छैनन्। तर, रेलवे पुलिसले झोलाका मालिकको खोजी सुरु गरेको छ।