खरसाङको शेडुप धार्गेलिङ शेर्पा गुम्बामा काग्युर सेलुक पाठ

IMG-20230504-WA0226.jpg

भोलि बुध्द जयन्ती पालन गरिने

खरसाङ: २००७औं बुध्द जयन्तीको अवसरमा खरसाङको शेडुप धार्गेलिङ शेर्पा गुम्बामा बौध्द धर्म अनुसार पूजा अर्चना भईरहेको छ। उक्त गुम्बामा गत ३ मईदेखि लगातार रूपमा काग्युर सेलुक पाठ भईरहेको जानकारी प्राप्त भएको छ। यस अवसरमा प्रत्येक दिन नै बौध्द धर्म गुरुहरूद्वारा बौध्द मन्त्रोच्चारणको साथमा काग्युर सेलुक पाठ भईरहेको छ। यस अवसरमा उक्त शेर्पा गुम्बामा नेपालको ईलामबाट डुप्ला पेमा ठिन्ले रिम्पोर्छे उपस्थिति रहेका छन्। उनले नै भोलि शुक्रबारको दिन हुने बुध्द जयन्तीको अवसरमा दिउँसो १ बजेतिर वाङ अभिषेक गरी वितरण गर्ने भएको छ।

त्यसको साथै बिहान ९ बजेदेखि बुध्द जयन्तीको अवसरमा शान्ति रैलीको आयोजना गरिने भएको छ। उक्त रैलीमा बौध्द धर्मावलम्बीहरू सबैलाई उपस्थित भईदिने आह्वान् गरिएको जानकारी पी लक्की शेर्पाले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement