अप्पर नेजीमा हाम्रो पार्टीको सभा

IMG-20230504-WA0217.jpg

जहाँ जातिको सम्मान छैन त्यहाँ नबसेकै राम्रो हो: रेश्मा गुरूङ

दार्जीलिङ: जहाँ जातिको सम्मान छैन त्यहाँ नबसेकै राम्रो हो यो मनतब्य हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता रेश्मा गुरूङले पोखेकी हुन।पूल बजार विजनबारी गोक २ ग्राम पंचायत अन्तर्गत अप्पर नेजी मा हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भयो। आयोजित सभामा पार्टी अध्यक्ष अजय एडवाडर्स लगायत पार्टीको शीर्ष नेतृत्वहरूको उपस्थिति रहेको थियो।सभा मा अप्पर नेजी क्षेत्रका भागोप्रमो नेता दावा लेप्चा लगायत ४० परिवारहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारिताप्रति प्रभाहित भएर हाम्रो पार्टीमा सामेल भए।आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता रेश्मा गुरूङले जहाँ जातिको सम्मान हुदैन त्यहाँ नबसेकै राम्रो हो भन्ने बताए।तिनले अधि भने तकभर समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी एकाई समष्टि अध्यक्षको पदभार समालेर बस्ने पहिलो नारी म नै हुँ तर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा गोर्खा जातिको मान सम्मान नभएको देख्दा मैले अलग रहने निर्णय लिए अनि एक बर्ष भन्दा धेर समयसम्म आफु चूप चाप बसेर केवल समाजिक कार्यहरूमा लागि परे गुरूङले बताए। भागोप्रमो छोडेर हाम्रो पार्टीमा सामेल भएका समर्थकहरूलाई सम्बोधन गर्दै रेश्मा गुरूङले अधि भने आज केही बर्ष अधि म पनि भागोप्रमोको एक सक्रिया कार्यकर्ताको रूपमा कार्यरत थिए तर भागोप्रमोले गोर्खा जातिलाई हेर्ने सोच र विचार मैले राम्रोसंग बुझेपछि म भागोप्रमोबाट अलग भएको हो, आज तपाईहरूले पनि भागोप्रमोको सोच र विचारलाई राम्रोसंगले बुझेर यो पार्टीले पहाड र जातिको हितमा केही गर्न नसक्ने रहेछ भन्ने बुझेर म जस्तै हाम्रो पार्टीमा सामेल हुनु भएको छ।म गोर्खा जाति र समाजको निम्ति केही गर्छु भन्ने सोच लिएर राजनीतिमा आएका थिए तर भागोप्रमोको नेतृत्वहरूमा मैले रूपियाँ पैसाको चाल खेल,भाइ भतिजाबाद पाए अनि जातिको पक्षमा केही गर्नु पर्छ भन्ने सोच र विचार भएको नेतृत्वहरू नदेख्दा म भागोप्रमोदेखि अलग भएको हो। विपक्षी दलमा उभिएर जातिया हितको पक्षमा बोल्न ठूलो मुटु हुन पर्छ अनि यस्तो आँट र साहसा गोर्खे नेतृत्वहरूमा पाइन्छ।पहाडमा परिवर्तनको हुरी चलेको छ, पहाडमा राजनैतिक, समाजिक, आर्थिक परिवर्तन गर्नलाई युवा जमातहरू अधि आउँन पर्छ गुरूङले भने। जून राजनैतिक दलमा जातिको सम्मान हुदैन, नारीकोे इज्जत हुदैन त्यहाँ नबसेकै राम्रो हो,आज म हाम्रो पार्टीमा छु अनि मैले यहाँ गोर्खा जातिको सम्मान पाएको छु, नारीको मान र सम्मान पाएको छु गुरूङले भने।मलाई विकाशको कुरोले मात्र पूग्दैन, गोर्खाल्याण्ड हाम्रो मुटुको ढुक ढुकी हो तर मैले भागोप्रमोको नेतृत्व को मुखबाट गोर्खाल्याण्ड हाम्रो विषयमा पर्दैन भन्ने स्पष्ट सुनेपछि मलाई त्यहाँ बस्ने इच्छा नै भएन।हामी जातिको निम्ति राजनीतिमा आएका हौ,आज पनि हाम्रो शरीरमा गोर्खाको खून बगेको छ,हामीलाई विकाशको मुद्वाले मात्र पूग्दैन,हामीलाई विकाशसंग संगै जातिया मुद्वालाई संग संगै अधि बडाएर लैजाने राजनैतिक दल चाहिन्छ अनि यी कुराहरू मैले हाम्रो पार्टीमा पाए अनि म हाम्रो पार्टीमा सामेल भएको हो गुरूङले भने।गत २०१७ मा जलेको आगो निभेको छैन, हाम्रो कण कणमा आज पनि आगो सल्की रहेको छ।जीटीए सभाको चूनाव मा तकभर समष्टिबाट निर्दलीय उम्मेद्वारको रूपमा खडा हुने म एकली नारी थिए, त्यस अवधि मलाई मेरो समष्टिको दाजु भाइ, दिदी वहिनीहरूले सहयोग पूराएको थियो अनि म गाउँ गाउँ हिडे गएको थिए। चूनावमा म पराजय भए तर स्वभिमानसंग पराजयको स्वीकार गरे गुरूङले भने।चूनावमा पराजय भए अनि मैले पराजयलाई स्वीकार पनि गरे तर हतास भइन, आज पनि मभित्रको गोर्खे स्वाभिमान जीउदो छ, गोर्खा स्वभिमानको कुरा आज पहाडबासीले बुझदैछ।यसैक्रममा आज अप्पर नेजीको 40 परिवारले बुझेर हाम्रो पार्टीमा सामेल भएको छ, म यी समर्थकहरूलाई हाम्रो पार्टीमा स्वागत जनाउँछु रेश्मा गुरूङले भने। पहाडको नेताहरूले हामीलाई धेरै झुक्काए तर मैले गोर्खा जातिको जातिया मुद्वा र पहाड को हितार्थको रूपमा हाम्रो पार्टी र पार्टी अध्यक्ष अजय एडवाडर्सलाई मात्र देखे। हाम्रो पार्टीलाई भत्काउँन हाम्रो पार्टीको दार्जीलिङ नगरपालिकाको बोर्डलाई रूपियाँ पैसाको प्रलोभनमा तोडने काम गरयो, दार्जीलिङ पहाडमा यस्तो घृणित राजनीति शायद पहिलो पटक भएको हुन पर्छ।तिमीहरूले यस्तो कुटनीति सरकार विरूद्व गरेर गोर्खा जातिको युगौ पूरानो मांगलाई फते गर्नु पर्ने थियो तर तिमीहरूले आफ्नै जाति विरूद्व यस्तो कुटनीति रचेर इतिहासको पन्नामा आफ्नो नाम कालो अक्षरले लेख्ने काम गरेका छौ गुरूङले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement