सिलगढी: विधाननगरमा पहिलो पटक दृष्टिविहीन केटी महिला प्रतियोगिता हुन लागेको छ। प्रतियोगितामा तीन राज्य बङ्गाल, आसाम र झारखण्डका महिला टोलीको सहभागिता रहेको छ। शनिबार ६ मई मिलनपल्ली क्रिकेट मैदानमा उद्घाटन मैच बंगाल र असमबीच हुनेछ। फाइनल खेल ८ मई मुरलीगञ्ज हाईस्कुलमा हुनेछ, यो अवसरमा रक्तदान शिविरको आयोजना हुने छ। यस शिविरमा पद्मश्री करीमुल हक र समाजका विशिष्ट अतिथिहरूको उपस्थिति रहनेछ। यी तीन प्रदेशको क्रिकेट प्रतियोगितालाई लिएर जनतामा पहिलेदेखि नै उत्साह छ। मिलनपल्ली मैदानको सम्पूर्ण तयारी प्रबन्ध समितिकी अध्यक्ष काजल घोषले गरिरहेकी छन्। अर्कोतर्फ मुरलीगञ्ज हाईस्कुलका प्रधानाध्यापकले प्रतियोगितामा कुनै कसर बाँकी राखेका छैनन्। नेत्रहीन विद्यालयका शिक्षक अनन्त राई र आशिष दास यस राष्ट्रिय स्तरको खेल विधाननगरमा आयोजना गर्न पाउँदा निकै खुसी छन्।