४ मईः कलकत्ता नाइट राइडर्स (केकेआर)-ले इण्डियन प्रीमियर लीग (आईपीएल)-को रहल म्याचहरूका निम्ति विकेटकीपर लिटन दासको स्थानमा जनसन चार्ल्सलाई टीममा सामेल गऱ्यो। लिटन दास पारिवारिक कारणहरूले गर्दा गत हप्ता बंग्लादेश फर्किएका थिए। यस २८ वर्षीय खेलाड़ीलाई केकेआरले गत वर्ष उनको आधार मूल्य ५० लाख रुपियाँमा खरीद गरेको थियो। उनी ढिलो गरी आईपीएलमा आएका थिए। त्यसपछि केकेआर-ले उनलाई केवल एउटा म्याचमा खेलाएर टीमबाट बाहिर गरेको थियो। जनसन चार्ल्स वेष्ट इण्डिजका विकेटकीपर ब्याटर हुन्। उनले अहिलेसम्म ४१ वटा टी२० अन्तर्राष्ट्रिय म्याच खेलेर ९७१ रन बनाएका छन्। उनले जम्मा २२४ वटा टी२० म्याच खेलेर ५६०० भन्दा अधिक रन बनाएका छन्। उनी ५० लाख रुपियाँको आधार मूल्यमा केकेआर-मा सामेल भएका छन्।