४ मईः दिल्ली पुलिसको खराब व्यवहारले आहत प्रदर्शनकारी पहलवान विनेश फोगाट र बजरंग पूनियाले बिहीवार आफ्नो पदक र पुरस्कारहरू फर्काउने धम्की दिँदै यस प्रकारले अपमान गरिए पुरस्कार अनि सम्मानहरूको कुनै अर्थ नरहने बताए। पहलवानहरू २३ अप्रेलदेखि राष्ट्रिय राजधानीमा धरनामा बसेका छन्। उनीहरू एक नाबालिगसहित सात महिला पहलवानहरूसँग कथित यौन उत्पीड़नको आरोपमा भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-का अध्यक्ष तथा भाजपा सांसद बृजभूषण शरण सिंहलाई पक्राउन गर्ने माग गरिरहेका छन्। बुधवार राति लगभग ११ बजी जन्तर-मन्तरमा प्रदर्शनकारी पहलवानहरूसँग पुलिसको झमेला भयो। त्यस समय पहलवानहरू रात्रि विश्रामको निम्ति फोल्डिंग खाट (बेड) लगेर गइरहेका थिए अनि ड्यूटीमा रहेका पुलिसकर्मीहरूले कथित रूपमा सोधखोज शुरु गर्दा विवाद सृष्टि भएको थियो। ओलम्पिक काँस्य पदक विजेता बजरंगले बिहीवार भने, पहलवानहरूसँग यस प्रकारको व्यवहार गरिए हामीले जितेको पदकहरूले कुनै अर्थ हुनेछैन। यसको सट्टा हामी आफ्नो पदक अनि पुरस्कारहरू भारत सरकारलाई फर्काएर सामान्य जीवन जिउनेछौं। पुलिसले धक्का दिँदा, अपशब्द बोल्दा अनि दुर्व्यवहार गर्दा हामी पद्म श्री पुरस्कार विजेता हौं भन्ने हेर्दैनन्। यो मेरो मात्र नभएर साक्षी (मलिक) को पनि भनाई रहेको छ।
साक्षीले रियो ओलम्पिकमा काँस्य पदक जितेकी थिइन्।

बजरंगले भनिन्, उनीहरूले हामीसँग दुर्व्यवहार गरिरहेका छन्। देशकी महिला अनि छोरीहरू सड़कमा बसिरहेकी छन्, दयाको भीख मागिरहेका छन् तर कसैले कुनै पर्वाह छैन। दिल्ली पुलिस र पहलवानहरूबीच बुधवार राति भएको घटनामा दुईजना प्रदर्शनकारी घाइते भएका छन्। त्यसपछि जन्तर-मन्तरमा सुरक्षा बन्दोबस्त कड़ा गरिएको छ। खेल रत्न पुरस्कार विजेता विनेशले भनिन्, हाम्रो सबै (पदक) लैजानु होस्। हामीलाई धेरै अपमानित गरियो। हामी आफ्नो सम्मानको निम्ति लड़ाइँ गरिरहेका छौं तर हामीलाई दमन गरिँदैछ। हामीलाई न्याय चाहिएको छ।