दाइजोको लागि ज्वाइँले गरे ससुराको हत्या

IMG-20230504-WA0155.jpg

कुचबिहार: घरायसी विवादका कारण ज्वाइँले ससुराको हत्या गरे। बिहीबार बिहान कूचबिहार नगरपालिकाको वार्ड नम्बर १ मा ज्वाइँले ५८ वर्षीय ससुरा तपस सरकारको हत्या गरेका छन्। पीडित परिवारले पुलिसलाई कारबाही नगरेको आरोप लगाएका छन्। करिब पाँच वर्षअघि कुचबिहारको टाका गच जोरपुकुर क्षेत्रका तपस सरकारकी छोरी पायल सरकारको विवाह कुचबिहारको वार्ड नम्बर १ का भीम सरकारसँग भएको आरोप छ। पायलका श्रीमान भीम सरकारले बिहेदेखि नै बाबुको घरबाट पैसा ल्याउन दबाब दिइरहेका थिए। पैसा नदिएको भन्दै पायललाई श्रीमानले लगातार कुटपिट गर्ने गरेका थिए। एक महिनाअघि श्रीमानको दुव्र्यवहार सहन नसकेर पायल श्रीमानको घर छोडेर घर गएकी थिइन्। त्यसपछि भीम सरकारले उनलाई र उनको परिवारका सदस्यहरूलाई मार्ने धम्की दिए। पुण्डीबारी पुलिस चौकीमा मामला गरे पनि पुलिसले कुनै कारबाही नगरेको आरोप छ। २ दिनअघि भीम सरकार फेरि मातेको अवस्थामा पायलको घरमा आएर धम्की दिए। त्यसपछि परिवारका सदस्यहरू पुलिस चौकी पुगे पनि उनको उजुरी मानिएन। आज बिहान पायलका बुबा कुचबिहारको वार्ड नम्बर १ को छेउमा रहेको टकागाछ बजारमा बजार गएका बेला भीम सरकारले आफ्ना ससुरा तापस सरकारको टाउकोमा चपकलको ह्याण्डलले प्रहार गरेपछि उनी त्यहीँ ढलेका थिए। उनलाई कुचबिहार मेडिकल कलेज लगिएको थियो जहाँ उनको मृत्यु भयो। घटनापछि स्थानीयले आरोपी भीम सरकारलाई समातेर बाँधेर कुटपिट गरेपछि प्रहरीले आएर उद्धार गरेको थियो। पुलिस ले कुनै कारबाही नगरेका कारण आज श्रीमानको मृत्यु भएको पायल सरकारकी आमा प्रतिमा सरकारले बताइन्। उनका श्रीमान आज बिहान बजार गएका थिए। त्यहाँ उनको धाराको ह्यान्डलले हत्या गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement