१९ महिनादेखि धर्नामा बसेका जग्गादाताले महकमा परिषद्मा ज्ञापनपत्र बुझाए

IMG-20230504-WA0149.jpg

सिलगढी: सिलगढी नजिकै कावाखली, माटिगारामा उपनगर बनाउन जग्गा अधिग्रहण गरेपछि घोषणा गरे अनुसार मुआब्जा प्राप्त भएको छैन। यस विषयमा वर्षौंदेखि निरन्तर आन्दोलन भइरहेको छ। अर्कातर्फ विगत १९ महिनादेखि प्रभावित जग्गादाताहरू निरन्तर धर्नामा बसेका छन्।
बिहीबार पोझार कावखली भूमि रक्षा समितिले सिलगढी महाकमा परिषद्का अध्यक्षलाई ५ बुँदे मागलाई लिएर ज्ञापनपत्र बुझाएको छ। २००७मा, जग्गा सिलगढी जलपाईगुडी विकास बोर्ड द्वारा अधिग्रहण गरिएको थियो। त्यसबेला पुनर्स्थापनाका लागि जग्गा दिने घोषणा गरिएको थियो। तर आज पनि कार्यान्वयन हुन सकेको छैन। धेरै जग्गा दाताले सरकारी घोषणाअनुसार अझै केही पाएका छैनन्। १५ वर्ष बितिसक्दा पनि समस्या समाधान हुन सकेको छैन। बारम्बार प्रतिवद्धता मात्रै भइरहेका छन्। त्यसको विरोधमा आज कावाखली क्षेत्रका भूमिहीनले जग्गा फिर्ताको मागसहित पाँच बुँदे मागसहित ज्ञापनपत्र दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement