पथश्रीको कार्यमा भ्रष्टाचार भइरहेको आरोप लगाउँदै गाउँलेहरूद्वारा विक्षोभ

IMG_20230504_164230.png

खोरीबारी: पथश्रीको कार्यमा भ्रष्टाचार भइरहेको आरोप लगाउँदै स्थानीय मानिसहरूले विक्षोभ प्रदर्शन गरे। सिलगढी महकुमाको खोरीबारी बिन्नागढी ग्राम पञ्चायतको खुनियापुकुर इलाकामा सडकको कामलाई लिएर स्थानीय मानिसहरूले क्षोभ प्रकट गरेका छन्। प्राप्त जानकारी अनुसार गोपाल टुङको घरबाट उल्लाजोत प्रधानमन्त्री सडक योजनासम्म सडक मरमतिको बोर्ड लगाए तापनि उक्त सडक खुनिया पुकुरको मिलनमोडबाट शुरू गरिएकोले गर्दा स्थानीय मानिसहरूले क्षोभ प्रकट गरेको बताइएको छ। स्थानीय मानिसहरूको आरोप अनुसार १.२ किलोमिटरको सडक मरमतिको बोर्ड लगाए तापनि उक्त सडकको कार्य अन्य ठाउँमा भइरहेको छ। बोर्डमा जुन सडकको कार्य गरिने उल्लेख गरिएको छ त्यहीँ अनुसार सड़क मरमतिको कार्य भएको छैन। यसैले स्थानीय मानिसहरूले बोर्डमा उल्लेख गरे अनुसार सड़क मरमतिको कार्य नभएको खण्डमा आगामी दिनमा आन्दोलन गर्ने चेताउनी दिएका छन्। अर्कोतिर, भाजपा नेता तथा पञ्चायत समितिका विरोधी दल नेता नान्टु मण्डलले बताएअनुसार लुटको राज चलिरहेको छ। सडक चोरी भइरहेको छ, बोर्डमा लेखे अनुसार सडकको काम सुरु गर्नुपर्छ। तिनले उक्त घटनालाई लिएर तृणमूल कङ्ग्रेसविरुद्ध आक्रोश व्यक्त गरे। यस विषयमा तृणमूल कङ्ग्रेस परिचालित खोरीबारी पञ्चायत समितिका सभापति रत्ना राय सिंहले बताएअनुसार साधारण मानिसहरूको भनाइ अनुसार सडकको मरमति कार्य केही अघाडिबाट सुरू गरेको हो। उक्त कार्यमाथि आफूहरूले नजर राखिरहेका छौँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement