खरसाङ: शेडुप धार्गेलिङ गुम्बामा २५६७औँ जयन्तीको भव्य तयारी

00-1-Gumba-3

नौ वर्ष गुफा बसेका पेमा थिन्ले रिम्पोछेको बाहुलीबाट भोलि दिउँसो एक बजे वाङ प्रदान गरिने   

खरसाङ: खरसाङ नगरपालिका क्षेत्रको शेर्पा बस्तीको शेडुप धार्गेलिङ गुम्बामा भगवान बुद्धको जन्म जयन्ती हरेक वर्ष भव्य रुपमा पालन गरिँदै आइरहेको छl यस वर्ष पनि भगवान बुद्धको २५६७औँ जयन्ती भव्य रुपमा पालन गर्ने तयारीहरु पुरा भइसकेको छl यस वर्ष बुधबार ३ मईदेखि प्रत्येक दिन बौद्ध धर्मगुरुहरूद्वारा बौद्ध मन्त्रोच्चारणका साथमा भव्य रुपमा काग्युर सेक्तुक पाठ भइरहेको छl ५ बिहीबार बुद्ध जयन्तीको पावन अवसरमा छेमेकी राष्ट्र पूर्वी नेपालको इलामबाट खरसाङमा आगमन भएका पेमा थिन्ले रिम्पोछेले दिउँसो १ बजेदेखि भक्तहरूलाई वाङ (अभिषेक) प्रदान गर्नेछन्l उल्लेखनीय छ, पेमा थिन्ले रिम्पोछे नौ वर्ष गुफा बसेका हुन्l  भोलि (बिहीबार ५ मई) बिहान नौ बजे गुम्बाबाट भगवान बुद्धको प्रतिमाका साथ धार्मिक शोभायात्रा खरसाङ शहरमा परिक्रमा गराइनेछl यस अवसरमा सबै भक्तजनहरूलाई धार्मिक शोभायात्रामा सहभागी भइदिने साथै पेमा थिन्ले रिम्पोछेको बाहुलीबाट वाङ ग्रहण गर्न गुम्बाको तर्फबाट निमन्त्रणा गरिएको छl         

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement