के-लीग सुपर डीविजन फूटबल आजदेखि

IMG-20230504-WA0127.jpg

४ मईः कालेबुङको प्रतिष्ठित के लीग सुपर डीविजन फूटबल प्रतियोगिता बिहीवारदेखि शुरु हुनेछ। आयोजकहरूले लीगको फिक्स्चर जारी गरेका छन्। आयोजकहरूले जानकारी दिएअनुसार, के लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिनेछन्। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफए, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। प्रतियोगिताको उद्धाटन म्याचमा गत सीजनको च्याम्पियन कालेबुङ जिल्ला पुलिस र सेसोनिअन एफए-बीच भिड़न्त हुनेछ। के लीगको सबै म्याचहरू मेला ग्राउण्डमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement