तीनधारे-महानदी समष्टिका निर्दलीय प्रार्थी सुरेशचन्द्र दर्नालद्वारा विभिन्न ठाउँमा चुनाव प्रचार

Suresh-Chandra-Darnal-1

खरसाङ: अन्तर्गत तीनधारे-महानदी समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेका सुरेशचन्द्र दर्नालले आफ्नो समष्टीको विभिन्न स्थानहरूमा पुगेर चुनाव प्रचार गरिरहेका छन्। यसै क्रममा निर्दलीय प्रार्थी सुरेशचन्द्र दर्नालले नरबुङ, सिपाहीधुरा, रंगटङ्ग चुनभट्टी क्षेत्र लगायत घैयाबारी, जोगमाया चियाबारी, १४ माइल, पगलाझोड़ा आदि क्षेत्रहरूमा आफ्नो चुनाव प्रचार कार्य गरिरहेका छन्। यसावधि उनले विभिन्न स्थानहरूमा मानिसहरूलाई घर घरमा पुगेर भेटघाट गर्दै जीटीए चुनावमा भोट गरिदिने निवेदन गरेका छन्। निर्दलीय प्रार्थी सुरेशचन्द्र दर्नालले आफ्नो चुनाव प्रचारको समय पत्रकारहरूसित कुराकानी गर्दै भने, ‘मैले तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा लगातार रूपमा चुनाव प्रचार गरिरहेको छुl  मलाई जनताले पर्खिरहेका छन् साथै विश्वास गरेका छन्l’ उनले विभिन्न स्थानहरूमा मानिसहरूका विभिन्न समस्याहरू आफ्नो आँखाले देखेको बताउँदै भने, ‘यदि म जीटीए सभामा गए भने म जनताको विभिन्न समस्याहरू समाधान गर्नेछुl’ उनले तीनधारे-महानदी समष्टिबाट आफ्नो जीत निश्चित रहेको दाबी गरे। 

About Author

Advertisement