ला लीगाः रियल म्याड्रिडको हारले च्याम्पियन बन्ने संघारमा पुग्यो बार्सिलोना

IMG-20230504-WA0114.jpg

४ मईः स्पेनिश ला लीगा फूटबलमा रियल म्याड्रिडको च्याम्पियन बन्ने सपना रियल सोसिएदाद विरुद्ध हारको साथ लगभग समाप्त भयो। बुधवार राति खेलिएको म्याचमा रियल म्याड्रिडलाई रियल सोसिएदादले २-०-ले पराजित गऱ्यो। यस हारपछि रियल म्याड्रिड शीर्ष स्थानमा रहने बार्सिलोनाभन्दा १३ पोइण्ट पछि रहने पुग्यो। यसरी बार्सिलोनालाई अब केवल एउटा जीतले पनि ला लीगा च्याम्पियन बनाउनेछ जबकि अझ ५ चरणको म्याच बाँकी रहेको छ। रियल सोसिएदादको होम ग्राउण्डमा रियल म्याड्रिडले शुरुदेखि नै कड़ा चुनौतीको सामना गर्नु पऱ्यो। त्यहीमाथि टीमका निर्भरयोग्य खेलाड़ी डेनी कार्भाहालले ६१औं मिनटमा रेड कार्ड देख्दा टीम दशजना खेलाड़ीमा सीमित भयो। रियल सोसिएदादबाट म्याचमा टाकेफुसा कुबोले ४७औं र एण्डेर बारेनेक्साले ८५औं मिनटमा गोल गरे। यस जीतपछि रियल सोसिएदाद ३३ वटा म्याचम ६१ पोइण्टको साथ ला लीगा टेबलको चौथो स्थानमा पुग्यो। यसरी गत सीजनको च्याम्पियन रियल म्याड्रिड ६८ पोइण्ट लिएर तेस्रो स्थानमा रहन पुग्यो।
यसबीच एट्लेटिको म्याड्रिडले चाहिँ काडिज विरुद्ध ५-१-ले जीत हासिल गऱ्यो।

आफ्नो होम ग्राउण्ड सिभिटास मेट्रोपोलिटन स्टेडियममा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोबाट एण्टोनी ग्रीजम्यानले दोस्रो र २७औं मिनटमा २ गोल गरे। यसबाहेक अल्वारो मोराटाले ४९औं, यानिक कारास्कोले ५७औं (पेनल्टी) र नाहुएल मोलिनाले ७३औं मिनटमा गोल गरे। काडिजबाट एन्थोनी लोजानोले ७२औं मिनटमा गोल गरे। यस जीतपछि एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडलाई पछि छोड़ेर दोस्रो स्थान हासिल गऱ्यो। एट्लेटिकोसँग अहिले ६९ पोइण्ट रहेको छ। ला लीगाको अन्य एउटा म्याचमा गेटाफेले सेल्टा विगोलाई १-०-ले पराजित गऱ्यो जबकि भेलेन्सिया र भिल्लारियलबीचको म्याच १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement