मंगनमा सिवरेज ट्रिटमेन्ट प्लान्टबारे जनसुनुवाई

IMG-20230503-WA0331.jpg

गान्तोक: सिक्किम सरकारको जनस्वास्थ्य अभियान्तिकी विभागले आज जिला भवनमा टिस्टा नदीको प्रदूषण कम गर्ने, सिवरेज ट्रीटमेन्ट प्लान्टको निर्माण र मंगनका लागि सिवर नेटवर्क बिछ्याउने विषयमा सार्वजनिक सुनुवाइको आयोजना गरियो। कार्यक्रममा क्षेत्र विधायक तथा मन्त्री साम्डुप लेप्चाले
जिल्लाको विकास निर्माणमा पर्ने यस्ता प्राविधिकबारेमा उल्लेख गर्दै चुङ्थाङ र मंगनका लागि ढल प्रशोधन निर्माण स्वीकृत भएको उल्लेख गरे। उनले जिल्लाका जनताका लागि भइरहेको विभिन्न दिगो स्तरोन्नति र विकास निर्माणका कामको समेत प्रकाश पारे।

बैठकमा आएका सुझावहरुलाई ध्यानमा राखी सङ्गल बनाउन आवश्यक पर्ने कामको गुणस्तर र परिमाणमा कुनै सम्झौता नगरिने बताए। जिल्लामा उचित ढल निकास व्यवस्थाको लामो समयदेखिको माग पूरा गरेकोमा जिल्लाका जनताको तर्फबाट सरकारलाई आभार व्यक्त गरेको थियो। मंगन जिल्लापालले आफ्नो कुरा राख्दै जिल्लामा उचित ढल प्रशोधन र फोहोर व्यवस्थापन नहुनुमा भएका कमजोरीबारे जानकारी गराए। उनले विधायक धन्यवाद दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *