आईपीएल २०२३: पञ्जाब किंग्स विरुद्ध जीतको साथ प्लेअफ्-को रेसमा कायम रह्यो मुम्बई इण्डियन्स

IMG-20230503-WA0325.jpg

३ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ४६औं म्याचमा मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गऱ्यो। मोहालीमा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ३ विकेट गुमाएर २१४ रन बनायो। लियम लिविंगस्टोनले ७ वटा चौका र ४ वटा छक्काको साथ ४२ बलमा अविजित ८२ रन बनाए। यसबाहेक विकेटकीपर जितेश शर्माले ५ वटा चौका र २ वटा छक्काको साथ २७ बलमा अविजित ४९ रन बनाए। यी दुई बाहेक कप्तान शिखर धवनले ३० र म्याथ्यू शर्टले २७ रन बनाए। मुम्बई इण्डियन्सका बलरहरूमा पीयुष चावलाले सर्वाधिक २ विकेट लिए। जवाफमा मुम्बई इण्डियन्सले ७ बल बाँकी रहँदै ४ विकेट गुमाएर २१६ रन बनाएर म्याच जित्यो। ओपनर ईशान किशनले ७ वटा चौका र ४ वटा छक्काको साथ ४१ बलमा सर्वाधिक ७५ रन बनाए। यसरी सूर्यकुमार यादवले ८ वटा चौका र २ वटा छक्काको साथ ३१ बलमा ६६ रन बनाए। क्यामरन ग्रीनले २३, तिलक वर्माले अविजित २६ र टिम डेविडले अविजित १९ रनको योगदान दिए। तिलक वर्माले १० बल खेलेर तीनवटा छक्का लगाए। पञ्जाब किंग्सका बलरहरूमा न्याथन एलिसले २ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *