नर्दनर्स एफसी दोस्रो चरणमा प्रवेश

IMG-20230503-WA0316.jpg

गान्तोक: गत ३० अप्रेलको दिनदेखि शुरु भएको अल सिक्किम चीफ मिनिस्टर्स सेकेण्ड डिभिजन एस-लीग च्याम्पियनशीप २०२३-को लीग चरणको म्याच हाल पाल्जोर स्टेडियम अनि नाम्चीको भाइचुङ स्टेडियममा जारी रहेको छ। यसै क्रममा आज यहाँको पाल्जर स्टेडियममा दुईवटा खेल खेलाइयो। प्रथम खेलमा साङ मुस्ताङ एफसी अनि सिक्किम बोइजमाझ रोमाञ्चक भिड़न्त भए पनि अन्तिमसम्म दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल बराबरीमा समाप्त भयो। यसरी नै दोस्रो खेल जोङ्ग्री फूटबल क्लब बनाम नर्दनर्स एफसीमाझ सम्पन्न भयो। यस खेलमा जोङ्ग्री एफसीविरुद्ध नर्दनर्स एफसीले एक गोलको विरुद्ध ४ गोल गरेर जीत हासिल गऱ्यो। नर्दनर्स एफसीको तर्फबाट जिग्देल हिस्से भोटियाले एक गोल गरे भने दोर्जी लेडा लेप्चाले ह्याट्रिक गरे। अर्कोतिर, विपक्षी टोली जोङ्ग्री एफसीको तर्फबाट एक मात्र गोल साहिल राईले लगाए। अघिल्लो लीग चरणको म्याच आगामी ६ मईको दिन पाकिम अनि सिक्किम बोइजमाझ हुनेछ।

पहिलो खेलमा पूर्व फूटबल खेलाड़ी कुमार भुषाल मुख्य अतिथिको रूपमा रहेका थिए भने दोस्रो खेलमा एसएफए कार्यकारी अध्यक्ष एवं खादी बोर्डका अध्यक्ष छुङछुङ भोटिया मुख्य अतिथि अनि एसएफएका अध्यक्ष मेन्ला इथेन्पा विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *