केन्द्रिय स्वास्थ्य मन्त्री डा. मनसुख मण्डावियाले गरे अङ्ग दान नीतिको समीक्षा

Untitled-1-copy-29

अन्तरराष्ट्रिय मापदण्डबाट शिक्षा लिन दिए निर्देश

अङ्ग प्रत्यारोपण देशभरि तीन गुणा ५००० (२०१३) बाट बढ़ेर २०२२ मा १५००० भन्दा धेर

नयाँ दिल्लीः अङ्ग दान र अङ्ग प्रत्यारोपण क्षेत्र सुधार गर्न दूरदर्शी संरचनात्मक परिवर्तनहरू छन्। केन्द्रिय स्वास्थ्य मन्त्री डा. मनसुख मण्डावियाले आज यहाँ स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग डा. भारती प्रवीण पवार, एमओएस (स्वास्थ्य) को उपस्थितिमा अङ्ग दान र प्रत्यारोपणको स्थितिको समीक्षा गर्दै यस सम्बन्धमा निर्देशन दिए। उक्त जानकारी पीआईबीले दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मन की बात’ कार्यक्रमको ९९ औँ शृङ्खलामा देशवासीलाई सँगी मानवहरूको जीवन बचाउन अङ्ग दानको महान् कार्यको लागि अगाड़ि आउन आह्वान गरे। यसले देशमा अङ्ग दानलाई नयाँ गति दिएको छ। देशमा कुल अङ्ग प्रत्यारोपण गर्नेको सङ्ख्या वर्ष २०१३ मा ५००० भन्दा कम थियो भने वर्ष २०२२मा बढ़ेर १५००० भन्दा धेर पुगेको छ।

राष्ट्रिय (एनओटीटीओ), क्षेत्रीय (आरओटीटीओ) र राज्य स्तर (एसओटीटीओ) मा अङ्ग र तन्तु प्रत्यारोपण संस्थाहरूको नेटवर्क मार्फत राम्रो समन्वयको कारण अहिले प्रति मृतक दाता थप अङ्गहरू प्रयोग भइरहेको छ, जस्तै वर्ष २०१६ मा ९३० मृतक दाताबाट २२६५ अङ्ग प्रयोग भएको थियो भने वर्ष २०२२ मा ९०४ मृतक दाताबाट २७६५ अङ्ग प्रयोग गर्न सकिएको छ।

एनओटीटीओले अस्पतालहरूमा अङ्ग दान र प्रत्यारोपण कार्यक्रमको कार्यान्वयनको लागि चरण – दर – चरण मार्गदर्शिकाका रूपमा प्रत्यारोपण मेनुअलमा काम गरिरहेको छ र प्रत्यारोपण संयोजकहरूको प्रशिक्षणको लागि मानक पाठ्यक्रममा पनि काम गरिरहेको छ। यी दुवै कागजात पूरा गरी चाँड़ै जारी गरिनेछ। कार्यक्रमको सुचारू कार्यान्वयनका लागि एनओटीटीओमा समन्वय, आईईसी, तालिम र एचआर/लेखाहरूका लागि चारवटा कार्यक्षेत्र सिर्जना गरिएका छन्। हालै भारत सरकारले सार्वजनिक हितमा विशेष कल्याणकारी उपायको रूपमा अर्को मानवलाई अङ्ग दान गर्ने केन्द्र सरकारका कर्मचारीहरूलाई ४२ दिनसम्मको विशेष आकस्मिक विदा प्रदान गरेको छ। केन्द्रिय स्वास्थ्य मन्त्रीको निर्देशनमा स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशमा अङ्ग दान र प्रत्यारोपणलाई बढ़ाउने दिशामा थप नीतिगत सुधारहरूका लागि अन्तरराष्ट्रिय उत्कृष्ट अभ्यासबाट सिकेका कुराहरू पनि आत्मसात गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *