ड्रग्स सहित तीन पक्राउ

IMG-20230503-WA0324.jpg

गान्तोक: सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउने उद्देश्य लिएर शुरू गरेको अभियानअन्तर्गत धेरै जना ड्रग्स बिक्रेताहरू पक्राउ परिसकेका छन्। यसै क्रममा हिजो रिनाक पुलिसले ड्रग्स सहित फिलिप विश्वकर्मालाई भारी मात्रामा ड्रग्स सहित पक्राउ गरेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपी पेशाले चालक हुन् भने हिजो उनी एसके-०५डी-०२५१ टाटा लिएर आइरहेको समयमा रिनाक पुलिसले लोवर तार्पिनबाट पक्राउ गरेको हो। आरोपीबाट पुलिसले १९४ वटा विन्डलास स्पास्मोडाउन फेलापरेपछि पक्राउ गरेको हो। यसै क्रममा मल्ली पुलिसले चेकपोस्टमा जाँचको क्रममा ड्रग्स सहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अप्पर शुक्रबारे निवासी अभिनय बस्नेत र मल्ली डाँडा निवासी प्रज्जवल छेत्रीको रूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीद्वयबाट पुलिसले २५५ वटा स्मास्पो प्रोक्सिवन क्याप्सुल फेला परेको थियो। आरोपीहरू विरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *