शिक्षिकाले चुरोट-रक्सीसहित विद्यार्थीहरुलाई दिइन् ‘आंशिक नग्न’ फोटो खिच्ने अनुमति

Emma-Wright

स्कूलको कक्षामा एक कला शिक्षकले विद्यार्थीहरूलाई रक्सी-चुरोट पिउन र टपलेस फोटो खिच्न अनुमति दिए। विद्यार्थीहरुको तस्वीर बाहिर सार्वजनिक भएपछि त्यहाँ हङ्गामा मच्चियो। यसपछि शिक्षकलाई यस विषयमा प्रतिबन्ध लगाइएको छ। घटना इंग्ल्याण्डको नर्थह्याम्प्टनशायर शहरको स्कुलमा भएको हो। त्यहाँ एक स्कूल ४१ वर्षीया शिक्षिका एम्मा राइटले १५ वर्षका विद्यार्थीहरूलाई स्कूलमा ‘आंशिक नग्न’ फोटो खिच्न अनुमति दिइन्। उनीहरु कोही कट्टुमा थिए। उनीहरूको हातमा रक्सी थियो भने कतिले आफ्नो हातले आफ्नो छाती छोपेका थिए।

कतिपय तस्वीरहरू जसमा विद्यार्थीहरूले स्कूलको पोशाकमा आपत्तिजनक पोज दिइरहेका छन्। उनीहरु धुम्रपान गर्दै र स्वीमिंग ड्रेसमा फोटो खिचिरहेको पनि देखिन्छन्। द सनका अनुसार यसबारे विद्यालयको कला तथा डिजाइन विभागका प्रमुखलाई जानकारी दिएपछि उनले शिक्षण नियमन निकायमा गुनासो गरे। उक्त मुद्दाको सुनुवाइ समिति समक्ष भएको थियो। यसै क्रममा शिक्षकले फोटोसुटका लागि आफूले अनुमति दिएको स्वीकार गरिन्। प्यानलको तर्फबाट मुद्दाको फैसला सुनाउँदै एलन मिरिकले भने, ‘एम्माले व्यावसायिक शिक्षण मापदण्डहरू उल्लङ्घन गरिन् र विद्यार्थीहरूको हितको ख्याल गरिनन्l’ एम्मा सन् २००४ देखि यस विद्यालयमा पढाउँदै थिइन् । अनुभवी शिक्षकको रूपमा राम्रो इतिहास भए पनि उनलाई यो पेशाबाट प्रतिबन्ध लगाइएको छ। एलेनले भने, ‘यो घटना दोहोरिने सम्भावना अत्यन्त न्यून रहेकोमा प्यानल सन्तुष्ट छ। तर, अनुसन्धानको क्रममा एम्माले बालबालिकाको हितको ख्याल गर्न असफल भएको पाइयो । उनले विद्यार्थीहरूलाई लुगा बिना फोटो खिच्न दिएर ठूलो गल्ती गरिन्।’ एलेनले निर्णयबारे अझ भने, ‘मेरोअनुसार शिक्षकलाई प्रतिबन्ध लगाउनु सही हो, ताकि यो पेशाप्रति जनताको विश्वास कायम होस्।’

About Author

Advertisement