एनआईएले माग्यो रामनवमी दंगासित सम्बन्धित दस्तावेज

188590-mrtycbjfjw-1680236240.jpg

कोलकाता: कलकत्ता हाई कोर्टको आदेश अनुसार राष्ट्रीय जाँच एजेन्सी (एनआईए) ले राज्य पुलिससित रामनवमी अवधि हावड़ा, हुगली औ राज्यका अन्य भागहरूमा भएका दंगाहरूसित सम्बन्धित दस्तावेजको माग गरेको छ। केन्द्रिय जाँच एजेन्सीले बुधवार राज्य पुलिसलाई पत्र पठाएर हिंसाका घटनाहरूसित सम्बन्धित प्राथमिकीको प्रति र जाँच सम्बन्धी दस्तावेजहरू एजेन्सीलाई सुम्पिइनुपर्ने माग गरेको छ। एनआईए सूत्रले बताएको छ, चन्दननगर पुलिस कमिश्नरेट औ हावड़ा पुलिस कमिश्नरेटलाई अलग-अलग पत्र पठाएर दस्तावेजको माग गरिएको छ। यस अतिरिक्त राज्य सरकारले घटनाको जाँच सीआईडीलाई सुम्पिएको कारणले पत्रको प्रति सीआईडीका एडीजी यांका अधिकारीलाई पनि पठाइएको छ जसले आपराधिक जाँचको जिम्मेवारी सम्हालिरहेका थिए
।गत २७ अप्रेलको दिन कलकत्ता हाई कोर्टको खण्डपीठले घटनाको एनआईएद्वारा जाँच गराउने तथा दश दिनभित्रमा सम्पूर्ण दस्तावेज एनाईएलाई सुम्पिने आदेश दिएको थियो। बुधवार पठाइएको पत्रमा एनआईएले भनेको छ, पुलिसले चाँडोभन्दा चाँड़ो दस्तावेज उपलब्ध गराओस् ताकि जाँच शुरू गर्न सकियोस्। यता राज्य सचिवालय सूत्रले बताएको छ, एनआईएलाई दस्तावेज सुम्पिनको सट्टा राज्य सरकारले हाई कोर्टको खण्डपीठको आदेशविरुद्ध सुप्रीम कोर्टमा जाने सोंच बनाएको छ।
उल्लेखनीय छ कि रामनवमीको दिन पश्चिम बंगालका हावड़ा, हुगली र दालखोलामा साम्प्रदायिक दंगा भएको थियो। दंगा अवधिको जुन भीडियो कोर्टमा पेश गरिएको थियो त्यसमा पुलिसलाई निष्क्रिय भनौं वा शोभायात्रामा सामेल मानिसहरूमाथि ढुङ्गामुड़ा गरिरहेको भनौं, दुवै अवस्थामा देखिएको थियो। त्यसपछि कोर्टले मामिलाको एनआईए जाँचको आदेश दिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *