जंगली जनावरको अतिक्रमण बढेकोमा जनगुनासो

istockphoto-1438978786-612x612.jpg

गान्तोक: गेजिङ जिल्लामा पर्ने विभिन्न गाउँमा जङ्गली जनावरले दुःख दिइरहेको मानिसहरूको गुनासो रहेको छ। विशेष गरी भालु, मृग र बाँदरको बढ्दो अतिक्रमणले समस्या बढिरहेको मानिसहरूले गुनासो गरेका छन्। यसैक्रममा हिजो मंगलबार दिउँसो लगभग १२ बजी गेजिङ जिल्लाको लोअर मेल्ली आछिङ गाउँमा भालु पसेर बाख्रा खाइदिएको जान्नमा आएको छ। दिउसै गाउँमा भालु पसेर घर पालुवा पशुमाथि आक्रमण हुन थालेपछि गाउँलेहरूले असुरक्षित महसूस गर्न थालेका छन्।अर्कोतर्फ लामो समयदेखि वन्यजन्तु र मानवबीच द्वन्द चलिरहेको र मानिसहरूले नोक्सानी उठाउँदै आए पनि मानिसहरूलाई क्षतिपूर्ति दिलाउने सम्बन्धमा वन विभाग उदासीन रहेको पीडितहरूको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement