गान्तोकः प्रेस स्वतन्त्रताको महत्वबारे चेतना जगाउने उद्देश्यले प्रत्येक ३ मईको दिन पालन गरिने विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण प्रेस तथा सञ्चारकर्मीहरूलाई राज्यका मुख्यमन्त्री पीएस तामाङले शुभकामना व्यक्त गरेका छन्।
उनले यस वर्षको थिम ‘अधिकारहरूको भविष्यलाई आकार दिॅंदैः अभिव्यक्तिको स्वतन्त्रता अन्य सबै मानव अधिकारहरूका चालक’ रहेको अवगत गराएका छन्। मुख्यमन्त्री तामाङले आफ्नो शुभकामना सन्देशमा यो अवसर समाजमा स्वतन्त्र अनि निष्पक्ष मीडियाले खेल्ने महत्त्वपूर्ण भूमिकालाई प्रतिबिम्बित गर्ने र प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धतालाई नवीकरण गर्ने महत्त्वपूर्ण अवसर रहेको बताएका छन्।











