ज्याकको टोलीले भेट्यो राजस्व विभागका संयुक्त सचिवलाई

Untitled-1-copy-26

गान्तोकः जोइन्ट एक्सन काउन्सिल (ज्याक) को एउटा प्रतिनिधि टोलीले बुधवार भारत सरकारको वित्त मन्त्रालय अन्तर्गत राजस्व विभागका संयुक्त सचिवसॅंग भेट गरेर वित्त विधेयक २०२३ ले सिक्किममा ल्याएका असन्तुष्टि बारे अवगत गराएको छ। जानकारी अनुसार, ज्याकका उपाध्यक्ष डूकनाथ नेपालको नेतृत्वमा नयाँ दिल्लीमा आज उपाध्यक्ष पासाङ शेर्पा, उपाध्यक्ष पेम्पो दोर्जी लेप्चा र प्रवक्ता सोनाम ग्याछो शेर्पाले राजस्व विभागमा संयुक्त सचिवसँग भेट गरेर नयाँ वित्त विधेयकले सिक्किमे परिभाषा खण्डित गरेको र यसले सिक्किमका मानिसहरूमा बढेको असन्तुष्टि र विभिन्न आशंका बारे अवगत गराए।

ज्याकका उपाध्यक्ष पासाङ शेर्पाले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएअनुसार, प्रतिनिधि टोलीले उठाएको विषयबारे वित्त मन्त्रालयलाई जानकारी गराउने र सम्बन्धित मन्त्रायल र कानूनी विज्ञहरूको परामर्श लिएर सिक्किमका मानिसहरूलाई न्याय दिलाउन पहल गर्ने संयुक्त सचिवले आश्वासन दिएका छन्। वित्त विधेयकले ल्याएको असन्तुष्टि बारे ज्याकले भारत सरकार समक्ष आफ्नो पक्ष राख्ने पहल शुरु भएको र धारा ३७१ एफको सुरक्षा ग्यारेन्टीमा रहेर पनि खण्डित भएको सिक्किमे परिभाषा सच्याइनेछ भन्ने विषयमा आशावादी रहेको ज्याकले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement