आईपीएल २०२३:सीएसके र लखनऊबीच म्याच वर्षाले गर्दा रद्द

IMG-20230503-WA0299.jpg

३ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-मा बुधवार चेन्नई सुपर किंग्स (सीएसके) र लखनऊ सुपर जाइण्ट्सबीच खेलिएको म्याच वर्षाले गर्दा रद्द भयो। वर्षाले गर्दा म्याच ढिलो गरी शुरु भयो अनि चेन्नई सुपर किंग्सका कप्तान एमएस धोनीले टस जितेर होम टीमलाई पहिला ब्याटिंग गर्ने निम्तो दिए। त्यसपछि वर्षाले गर्दा १९.२ ओभरमा खेल रोकिँदासम्म लखनऊको टीमले ७ विकेट गुमाएर १२५ रन बनाएको थियो। त्यसपछि वर्षा लगातार जारी रहँदा मैदानको स्थिति बिचारेर अम्पायरहरूले म्याच रद्द गर्ने फसेला गरे। वर्षाले म्याच रोकिँदासम्म आयुष बडोनी ५९ रन बनाएर क्रीजमा रहेका थिए। सातौं नम्बरमा ब्याटिंग गर्दै उनले ३३ बल खेलेर ४ वटा छक्का र २ वटा चौका लगाए। बडोनीलाई छोड़ेर लखनऊको ईनिंग्समा अरू कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। टीमले एक समय त ४४ रनमै ५ विकेट गुमाएको थियो। त्यसपछि बडोनीले लड़ाकू ब्याटिंग गरेर टीमलाई सम्मानजनक स्थितिमा पुऱ्याए। निकोलस पूरनले दोस्रो सर्वाधिक २० रन बनाए। शीर्ष क्रममा मनन भोहरा १०, कायल मेयर्स १४, करण शर्मा ९, कप्तान क्रुणाल पाण्ड्या शून्य र मार्कस स्टोइनिस ६ रन बनाएर आउट भए। चेन्नईका बलरहरूमा मोईन अली, महीष तीक्ष्णा र माथीशा पाथिरानाले २-२ विकेट लिए। म्याच रद्द भएपछि दुवै टीमलाई १-१ पोइण्ट प्राप्त भयो।

About Author

Advertisement