भारतीय सेनाका अधिकारी र मुख्यमन्त्री माझ भेटवार्ता

IMG-20230503-WA0317.jpg

गान्तोकः सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र भारतीय सेनाको पूर्वी कमाण्डका जनरल अफिसर कमाण्डिङ-इन-चीफ लेफ्टिनेन्ट जनरल आरपी कलिताले सेना अनि नागरिक प्रशासनमाझ सहकार्य सम्बन्धित विविध प्रगतिशील विषयहरूबारे छलफल गरेका छन्। सेनाको पूर्वी कमाण्डका जनरल अफिसर कमाण्डिङ-इन-चीफ (जिओसी) लेफ्टिनेन्ट जनरल आरपी कलिताले आज सरकारी निवासमा मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरेका थिए। यस अवधि राष्ट्रिय नेतृत्वले परिकल्पना गरेअनुसार राष्ट्र निर्माण अनि सीमा क्षेत्रको विकासका लागि सेनाको तर्फबाट सक्दो सहयोग गर्ने लेफ्टिनेन्ट जनरल आरपी कलिताले कटिबद्धता व्यक्त गरेको मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजबाट जानकारी सार्वजनिक गरेका छन्।

सशस्त्र बलहरूको निस्वार्थ सेवा र समर्पणको लागि उच्च सम्मान गर्दै जिओसीको भ्रमणको लागि मुख्यमन्त्रीले कृतज्ञता व्यक्त गरेका छन्। यस भेटमा लेफ्टिनेन्ट जनरल कलितासँग त्रिशक्ति कोरका जनरल अफिसर कमाण्डिङ लेफ्टिनेन्ट जनरल भिरेश प्रताप सिंह कौशिक अनि ब्ल्याक क्याट डिभिजनका जनरल अफिसर कमाण्डिङ मेजर जनरल गम्भीर सिंहको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement