खरसाङ: खरसाङ खण्ड अन्तर्गत मेरियनबारी चियाबगानमा गत २४ अप्रेल २०२३ देखि जारी धरना प्रदर्शन आज आठौं दिन पनि यथावत् रह्यो। श्रमिकवर्गको पीएफ साथै ग्रेजुएटीको रकम मालिक पक्षले भुक्तान नगरेको साथै दैनिक हाजिरा तथा मासिक तलब समयमा नदिएको प्रतिवादमा मारियनबारीका चिया श्रमिकहरूद्वारा लगातीर रूपमा धरणा प्रदर्शन गरिरहेका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमोको श्रमिक संगठन एचटीडीपीडब्लुयु मेरियनबारी युनिटका सभापति बुध्द घिसिङले मरियनबारी चियाबारीमा वेतन, पीएफ र ग्राजुएटी भुक्तानको मागमा थालिएको धरणा प्रदर्शनले आज आठौं दिन पुगेको छ भनी बताउँदै हाम्रो मांग श्रमिकहरूले पाउनु पर्ने पीएफ र ग्राजुएटी झट्टै भुक्तान गरियोस् भन्ने रहेको बताएका छन्।

उनले मरियनबारी चियाबारीमा विगत २०१९ देखि अवकाशप्राप्त श्रमिकहरूले ग्राजुएटी पाएका छैनन् भन्दै यहाँ पीएफ र ग्राजुएटी नपाउनेहरूका संख्या ६०-६५ पुगिसकेको बताए। उनले यस विषयमा कुराकानी गर्नलाई भोलि 4 मईको दिन सिलगढीमा सरकार पक्ष र मालिक पक्षले बोलाएको र उक्त सभामा सकरात्मक निर्णय आउनेछ भनी आशा व्यक्त गरेका छन्।