मालदा जिल्लाका तीन स्टेशनहरुमा पाँच ट्रेनहरूको नयाँ स्टपेज आरम्भ

9bc4ee88-1fd9-4f7f-9782-ee264c9f77e2

सांसद खगेन मुर्मूको प्रयासले जनताले पाए सुविधा

मालदा: पश्चिम बंगालको मालदा जिल्लाका जनताको सुविधाको लागि, पूर्वोत्तर सीमा रेलवेले जिल्लामा अवस्थित एकलाखी, सामसी र हरिश्चन्द्रपुर स्टेशनहरूमा पाँच लामो दूरीका ट्रेनहरूको स्टपेज सुरु गरेको छ। अप र डाउन सियालदह – सहरसा, हटेबजार एक्सप्रेस (१३१६९/१३१७०) र हावडा-बलुरघाट एक्सप्रेस (१३०६३/१३०६४) एकलाखी स्टेशनमा स्टपेज राखिएको छ। उत्तर मालदाका सांसद खगेन मुर्मूले बुधबार एकलाखी स्टेशनमा हावडा – बालुरघाट एक्सप्रेसलाई हरियो झण्डा देखाएर ट्रेनलाई प्रस्थान गराए। यस अवसरमा गजोलका विधायक चिन्मय बर्मन र पूर्वोत्तर सीमा रेलवेका धेरै वरिष्ठ अधिकारीहरू उपस्थित थिए। एकलाखी स्टेशनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै, बीजेपी सांसदले भने कि उनीहरूले लामो समयदेखि उक्त ट्रेनहरूको स्टपेज राख्न खोजिरहेका थिए। अन्ततः, रेल मन्त्रालय र रेलवे बोर्डले यसलाई अनुमोदन गर्यो। आगामी दिनमा पनि उनले मालदा जिल्ला र आफ्नो क्षेत्रका जनताको सुविधाका लागि सक्दो प्रयास गरिरहने बताए। एकलाखी बाहेक सम्सी स्टेशनमा अप र डाउन सियालदह-बामनहाट, उत्तरबंगाल एक्सप्रेस (१३१४७/१३१४८) अनि हरिश्चन्द्रपुर स्टेशनमा अप र डाउन हावडा-राधिकापुर एक्सप्रेस (१३०५३/१३०५४) र पुरी-कामाख्या एक्सप्रेस (१५६४३/१५६४४) को स्टपेज शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement