खरसाङ: २८ नम्बर खरसाङ चिम्नी देउराली समष्टिद्वारा जल जीवन मिशनलाई लिएर राखेको सभा नारी शक्ति अध्यक्षा सुष्मा मुखियाकाे अध्यक्षतामा सम्पन्न भएको छ। दिपेस थापाद्वारा सञ्चालन गरिएको सभामा स्वागत भाषण नारी शक्ति समष्टि सांगठनिक सचिव ललिता छेत्रीले रराखेका थिए। सभामा विशेष रूपमा समष्टि सभासद श्याम शेर्पा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा अध्यक्ष एवं जनसम्पर्क अधिकारी सुवास प्रधान, समष्टि सह सचिव विष्णु छेत्री, सांगठनिक सचिव अनिल राई, समष्टि पञ्चयाती क्षेत्रका विभिन्न पदाधिकारीहरु विशेष उपस्थित रहेका थिए। सभामा वक्तव्यकाे क्रममा भारतीय प्रजातान्त्रिक मोर्चा महकुमा समितिका अध्यक्ष एंव जीटीए जनसम्पर्क अधिकारी सुवास प्रधानले जीटीएका विभिन्न विभागबाट पाउने सहुलियतहरुबारे जानकारी गराए भने सभासद श्याम शेर्पाले जल जीवन मिशनबारे वृतान्तमा जानकारी गराएका थिए। उनले जानकारी गराए कि हामीहरु नयाँ सोच, नयाँ विचार लिएर अघि आएको छौं हामी जे पनि गर्छौं जनताको अघि खुल्ला राखेर सबै सबैकाे सुझाव र सर-सल्लाह लिएर मात्रै गर्छौं भनी बताएका छन्। उनले आज जल-जीवन मिशनलाई लिएर विभिन्न क्षेत्रकाे टेण्डर पनि भईसकेको र चाढ़ै कार्यकाे शुरुआत पनि हुनेछ तर यसमा सबैकाे सहयोग र साथ भए मात्रै कार्य सफल हुनेछ। यो जनसाधारणकाे लागि आएको कार्य जनसाधारणकाे सहयोगले मात्रै सफल हुने बताए। यसको साथै प्रत्येक क्षेत्रमा नै कमिटी बनाएर कमिटीकाे देखरेखमा कार्य सम्पन्न हुने पनि जानकारी गराए। कुनै क्षेत्रकाे कुनै पनि मानिसहरु छुट्टिने छैन् भनी जानकारी गराए। उनले सभामा उपस्थित धेरैजनाले राखेको प्रश्नको पनि उत्तर दिएका थिए।

अन्त्यमा सभाका सभाध्यक्षा सुष्मा मुखियाले आफ्नो वक्तव्य राखेर सबैलाई धन्यवाद दिएर सभा बर्खास्त गरियो भनी मिडिया सेलका सदस्य दिपम थामीले जानकारी गराएका छन्।