४२ परिवारले समाए हाम्रो पार्टीेको झण्डा

IMG-20230503-WA0259.jpg

दार्जीलिङ: अप्पर नेजीका ४२ भागोप्रमोेका परिवारहरूले समाए हाम्रो पार्टीको झण्डा।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स आज पूलबजार विजनबारी गोक समष्टिको भ्रमणमा निस्केका थिए। यस अवधि पार्टी अध्यक्ष अजय एडवाडर्ससंग पार्टीको केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया, महकुमा समिति अध्यक्ष पूरण तामाङ, रेश्मा गुरूङ, हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय प्रमुख सल्लाकार राजु सुब्बा, सभासद प्रतीम सुब्बा आदि उपस्थित रहेका थिए। त्यसरी नै पूल विजनबारी गोक समष्टि अध्यक्ष मन कुमार सुब्बा, सचिव राजेन सुब्बा, उपाध्यक्ष पदम दाहाल छेत्री, कार्यकारी सदस्य अम्बर छेत्री आदि उपस्थित रहेका थिए। अप्पर नेजीका बासिन्दाहरूले स्थानीय एक हलमा कार्यक्रमको आयोजना गरेका थिए। यस कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको क्षेत्रिय बरिष्ठ कार्यकर्ता दावा लेप्चाको नेतृत्वमा ४२ परिवारहरूले हाम्रो पार्टीमाथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाए।पार्टी अध्यक्ष अजय एडवाडर्सले समर्थकहरूलाई पार्टीमा न्यानो स्वागत जनाउदै पार्टीको झण्डा सुम्पिए। भागोप्रमो छोडेर हाम्रो पार्टीमा सामेल हुने समर्थकहरूले पहाडमा हाम्रो पार्टी मात्र एक इमान्दार पार्टी रहेको बताए। पहाडको उत्थान र गोर्खा जातिको उन्मुक्ति हाम्रो पार्टीले मात्र गर्नसक्छ भन्ने आस्था र भरोसा राखेर हामी यस पार्टीमा सामेल भएका हौ भनी बताए। हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितालाई हामी गाउँ गाउँमा पूराउने छौ भन्दै उपस्थित भीडलाई भरोसा दिलाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement