चुङथुङ मेरीबुङ समष्टिमा हाम्रो पार्टीले टाँस्यो पोस्टर

IMG-20230503-WA0205.jpg

दार्जीलिङ: आज हाम्रो पार्टीले चुङथुङ मेरीबुङ तामसाङ समष्टिका विभिन्न क्षेत्रहरूमा फर्जी टेट परिक्षा गराउँने जीटीए प्रशासन, युवाहरूको पैसा फर्काई देउ” आदि जस्ता लेखिएका पोस्टरहरू टाँसेका छन्। समष्टि अध्यक्ष सत्येन घलेको नेतृत्वमा समष्टि महासचिव विशाल दर्नाल,राहुल दर्नाल,सुगम सेवा, सिवन राई, सुशिल दर्नाल, रोहन सेवा आदिले चुङथुङ मेरीबुङ तामसाङ समष्टिका विभिन्न क्षेत्रहरूमा पोस्टर टास्ने काम गरेको छ।टाँसिएका पोस्टरहरूमा ‘फेक टेट परिक्षा गराउँने जीटीए प्रशासनले युवाहरूको पैसा फर्काउन पर्छ’ …. ‘बेकारी युवाहरूलाई फर्जी टेट परिक्षा गराउने जीटीए प्रशासन मुर्दाबाद’ …. ‘भोटको राजनीति गर्नेले विधार्थीहरूको भविष्य के निर्माण गर्ला’,’जनता होसियार’आदि जस्ता लेखिएका पोस्टरहरू टाँसेका छन्। गत बंगाल विधानसभा चूनावअधि जीटीए प्रशासकले पहाडमा टेट परिक्षा गराएका थिए अनि यस परिक्षामा पहाडका धेरै शिक्षित युवा भाइ-वहिनीहरूले अंशग्रहण गरेका थिए तर यतिका बर्षहरू वितिसक्दा पनि टेट परिक्षाको परिणाम नआएकोमा परिक्षार्थीहरूले आशंका जनाउँदै आईरहेका थिए।यसैबीच जीटीएका पूर्व चेयरम्यान एंव बर्तमान सभासद विनय तामाङले जीटीए द्वारा गराइएको टेट परिक्षा युवा जमातहरूको भोट हत्याउन र चूनावी खर्च संग्रह गर्न मात्र गरिएको थियो भन्ने मिडिया रिपोर्टमा खुलासा गरेका थिए। फर्जी टेट परिक्षाको विषयमाथि गत केही दिन अघि मात्र हाम्रो पार्टीका केन्द्रीय अध्यक्ष अजय एडवाडर्सले कोलकता हाई कोर्टका बरिष्ठ अधिबक्ताहरूसंग विचार-विमर्श गर्ने काम गरीसकेका छन्।हाम्रो पार्टीले पहाडका विभिन्न ठाउँहरुमा फर्जी टेट परिक्षाको विषयमा जनतालाई जागरूक गराउँन पोस्टरिङ आदि जस्ता कार्यहरू गर्दै आईरहेको छ। हाम्रो पार्टी चुङथुङ मेरीबुङ तामसाङ समष्टिका कार्यकर्ता एंव नेतृत्वहरूले पोस्टरिङ संगसंगै गाउँका मानिसहरूसंग भेटवार्ता गर्ने कार्यहरू पनि गर्दै आईरहेका छन्।

About Author

Advertisement