खरसाङ: तीनधारे वरिष्ठ नागरिक कल्याण समिति भवनमा भारतीय गोर्खा परिसंघ तीनधारे शाखाको तत्वावधानमा शान्ता तामङको अध्यक्षतामा एक सभाको आयोजना गरियो। सभाको सञ्चालन संस्थानकै सचिव दिपक प्रधानले गरेका थिए। सभाको विशेष मसौदा अुलारह आगामी १४ मईमा खरसाङमा हुन गइरहेको भागोपको कार्यशालालाई सफलीभूत बनाउनलाई रहेको जानकारी गराइएको थियो। सभामा खरसाङ क्षेत्रीय अध्यक्ष सहदेव चामलिङले सम्बोधन गरेका थिए। त्यसरी नै भागोप राष्ट्रिय नारी प्रकोष्टकी कोषाध्यक्षा देविका मंग्राती राईले पनि सम्बोधन गरेकी थिइन्। उनले आफ्नो सम्बोधनमा आगामी १४ मईको दिन भारतीय गोर्खा परिसंघको आयोजनामा कार्यशाला आयोजना गरिने जानकारी गराउँदै उक्त कार्यशालामा सबैले भागोपको अवधारणाहरू, भागोपको लक्ष्य र उद्देश्य, संगठन विस्तार, सांगठनिक ढाचा आदिबारे बोल्नेछन् भनी बताएकी छन्।
सभामा तीनधारे भागोप शाखाबाट राष्ट्रिय स्तरमा नारी प्रकोष्ट अनि आजीवन सदस्या बनेकी विद्या राईलाई खदार्पण गरी सम्मान जनाईयो। सभामा सह सचिव सुरेसचन्द्र दर्नालले पनि सम्बोधन गरेका थिए। सभामा दिपक प्रधानले अब भागोपले नै गोर्खाको दीर्घकालीन मांगको समाधान गर्नुपर्छ भनेर जोड दिए कारण नेपाली भाषाको मान्यता पनि गैर राजनैतिक संस्थाले गरेको अनि राजनीति दलहरुले अाफ्नो दुनो सोझाएर चौकी हत्याउन मात्र हो भनी बताए। सभाको अन्त्यमा अध्यक्षले आफ्नो सम्बोधन राखेर सभालाई बर्खास्त गरिन् भनी भागोप तीनधारे शाखाको सचिव दिपक प्रधानले जानकारी गराएका छन्।