सभासद अनोश थापाको पहलमा स्वच्छता अभियान जिरो वेस्ट विषयमा कार्यशाला सम्पन्न

IMG-20230503-WA0225.jpg

सोनादा: वर्तमान समयमा सोनादामा फोहोर मैला व्यवस्थापनको सही निकाशी नभएको कारण यहाँ जता ततै फोहोर मैलाको थुप्रो लाग्ने गरेको छ। मानव चहल पहल हुने ठाउँहरुमा मैला फ्याँकिने अनि थुप्रिने क्रमले सोनादा क्षेत्र प्रदुषित त हुँदै नै छ साथै यसले गर्दा सोनादाको सुन्दरतामा पनि ह्रास आईरहेको बताइएको छ। यहाँको झोडा नाला सबै प्लास्टिकको थुप्रोले भरिएको छ जुन चन्ताको विषय हो र यस्को निम्ति सही रूपमा फोहोर मैला व्यवस्थापनको निम्ति चाँडै केही उचित पहल गर्नुपर्छ भन्ने सोच लिएर यस क्षेत्र (सोनादा- पचेङ समष्टि) का कार्यकारी सभासद अनोस थापाले सबै सोनादावासी साथै समष्टि अन्तर्गत पर्ने सम्पूर्ण स्वनिर्भर समूहरुलाई लिएर अनि पर्यावरण स्वच्छता विषय कार्य गरिरहेको जानकारी प्राप्त भएको छ। यस क्रममा टिडी (TEEDI)का निर्देशक उत्सव प्रधान अनि उनको टिमलाई लिएर फोहोर व्यवस्थापन साथै स्वच्छता विषय एउटा कार्यशाला सम्पन्न गरिएको छ। उक्त कार्यशालामा सभासदले जनाए कि सोनादा विशेष बजार क्षेत्रमा जुन प्रकारले व्यवसायिक साथै अन्य मानव गतिविधिको केन्द्र बिन्दु बन्दै छ त्यही रफ्तारमा यो ठाउँ फोहोरको थुप्रो पनि हुँदैछ र तत्काल केही पहल नगरे यहाँ विभिन्न प्रकारको रोग, हैजा फैलिने खतरा छ।त्यसैले उनले सम्पूर्ण उपस्थित स्व निर्भर समूह, समाज -संस्था, व्यापारीक संस्थाहरुलाई यो अभियानमा साथ दिने आह्वान् गरेका छन्। टिडीका निर्देशक उत्सव प्रधानले फोहोर व्यवस्थापनका विभिन्न उपायहरु स्वनिर्भर समूहहरुलाई बुझाए जुन केही मात्रामा आयको स्रोत पनि बन्न सकिने उनले जनाएका छन्। वर्तमान दार्जिलिङ पनि धैरे प्रदुषित भएको छ र सोनादाको पनि त्यही स्थिति छ र सोनादामा फोहोर व्यवस्थापन गर्न यहाँको प्रत्येक स्वनिर्भर समूहहरुले आ-आफ्नो गाउँमा यो अभियान शुरु गर्नु पर्ने आह्वान गरे जसको निम्ति प्रत्येक इच्छुक स्वनिर्भर समूहरूलाई प्रशिक्षण दिने कुरा बताउँदै सबैको साथ र निरन्तरता रहे सोनादालाई पक्कै व्यवस्थित रुपमा सफा बनाउन् सकिने उनले किटान गरेका छन्। सोनादाका केही गाउँहरु जस्तै राहजाहट्टा सरह प्रत्येक गाउँअनि समग्रमा सोनादा क्षेत्र नै जिरो वेस्ट भिलेज हुने दिशातर्फ सबै अग्रसर हुने पर्ने पनि उत्सव प्रधानले आह्वान गरेका छन् जसमा उनले साथ दिने कुरा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement